फोर नेसन्स महिला फुटबल प्रतियोगिता स्थगित « Khabarhub

फोर नेसन्स महिला फुटबल प्रतियोगिता स्थगित


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले आयोजना गर्ने ‘फोर नेसन्स फुटबल प्रतियोगिता’ स्थगित भएको छ । चार देशको सहभागीता रहने प्रतियोगिता २३ मंसिरबाट ६ पुससम्म चल्ने तालिका थियो । तर, विश्वभर पुनः सुरु भएको तेस्रो चरणको कोरोनासँगै प्रतियोगिता स्थागित भएको हो ।

प्रतियोगितामा नेपालसहित आयोजक भारत र थाइल्यान्डको सहभागिता टुंगो लागिसकेको थियो । एक अफ्रिकी देशमा खेल गर्ने तय हुने निश्चित भैसक्दा कोरोनाको कारण प्रतियोगिता स्थगित भएको हो ।

प्रतियोगिताको लागि एन्फाले महिला टोलीको प्रशिक्षकमा चेतन घिमिरेलाई जिम्मेवारी दिएको थियो । प्रशिक्षक चेतनले २६ खेलाडी समेटेर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई दैनिक प्रशिक्षण गराइरहेका थिए । ‘कोरोनाका कारण प्रतियोगिता स्थगित भएको छ,’ एन्फा उच्च स्रोतले भन्यो । यससँगै एन्फाले महिला खेलाडीलाई रिलिज दिने तयारी गरेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ५ : १२ बजे

आदिवासी दिवसमा आङ्देम्बेको चेतावनी- ‘सङ्घीयता र समानुपातिक प्रतिनिधित्व कमजोर पार्न पाइँदैन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

हर्मुज खुला गर्न इरानद्वारा अमेरिकी नाकाबन्दी अन्त्यको सर्त

काठमाडौँ – हर्मुज स्ट्रेट खुला गर्नका लागि अमेरिकी जलसेनाको नाकाबन्दी

भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने

काठमाडौँ– १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा

आज विश्व आदिवासी दिवस मनाइँदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ– विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण