ए डिभिजन लिग खेलाइरहेका सात रेफ्रीले दिए राजीनामा, तेस्रो चरणका खेल नखेलाउने | Khabarhub Khabarhub

ए डिभिजन लिग खेलाइरहेका सात रेफ्रीले दिए राजीनामा, तेस्रो चरणका खेल नखेलाउने


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलाइरहेका सात रेफ्रीले राजीनामा दिएका छन् ।

शीर्ष डिभिजनको लिग जारी रहँदा एन्फाले फिटनेस लेभल टेस्ट मागेसँगै उनीहरूले राजीनामा दिएका हुन् । जारी लिग खेलाइरहेका सात रेफ्रीले एन्फा अध्यक्ष कर्मा समक्ष राजीनामा पत्र बुझाएका हुन् । यसअघि नौ रेफ्रीले राजीनामा बुझाए पनि विभागबाट दबाब आएका कारण आर्मीका दुई रेफ्रीले नाम फिर्ता लिएका थिए ।

यसअघि एन्फाले गत डिसेम्बरमा नै १० पुरुष र दुई महिला गरी १२ रेफ्रीको फिटनेश टेष्ट गरि फिफा ब्याज नविकरण गरेको थियो ।

तर, लिग दौरान एन्फा अध्यक्षसहित एन्फा रेफ्री डाईरेक्टर गौतम कौरले पुनः टेष्ट मागेपछि आफुहरूले राजीनामा दिएको एक रेफ्रीले बताए ।

‘हाम्रो डिसेम्बरमा मात्र टेष्ट भएको हो । अहिले लगत्तै लिन्छु भन्नुहुन्छ । तर, हामीले समय पनि मागेका छौं । अहिले नै गर्दा लिग जारी छ । इन्जुरीको समस्या हुन्छ भन्ने हाम्रो तर्फबाट कुरा राख्दा राजनीति गर्ने भनेर हामीविरुद्ध नै लाग्नुभयो । त्यसपछि राजीनामा पत्र बुझाउन बाध्य भएको हौं’, ती रेफ्रीले भने ।

राजीनामा बुझाएका सात रेफ्रीले सहिद स्मारक लिगको तेस्रो चरणका खेल भोलिदेखि रंगशालामा सुरू हुँदै गर्दा सो खेलहरु समेत नखेलाउने निर्णय लिएका छन् । उनीहरूले एन्फाको त्यो निर्णय आफूहरूलाई मान्य नहुने र लिगका खेल बहिस्कार गर्नेसमेत बताएका छन् ।

यस पटक एन्फाले लिगका लागि १० फिफा रेफ्रीसहित २० रेफ्रीलाई लिगको खेलाउने जिम्मेवारी दिएको छ ।

राजीनामा पत्र बुझाउने रेफ्रीहरू

प्रकाश नाथ श्रेष्ठ

नविन्द्र मर्हजन

प्रज्वल क्षेत्री

नानीराम थापा मगर

सहदेव श्रेष्ठ

युनाल मल्ल

किशन कन्हैया यादव

– न्यूज कारखानाबाट

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ६ : ०० बजे

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

काठमाडौं – भारतको छत्तीसगढ राज्यमा सुरक्षाकर्मीहरू र सशस्त्र नक्सली समूहबीच

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

मुस्ताङ – बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै