दिगो विकासको लागि सार्वजनिक–निजी–सामुदायिक साझेदारी « Khabarhub

दिगो विकासको लागि सार्वजनिक–निजी–सामुदायिक साझेदारी


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वन पौदावारको संरक्षण गर्दै उत्पादकत्व बढाउने उद्देश्यले बैतडीमा टिमूर खेती गरिने भएको छ ।

यसका लागि इसीमोड, डाबर नेपाल र तालकोल्लाबीच त्रिपक्षीय समझदारी भएको छ । भौगोलिक र हावापानीका हिसाबले बैतडीमा टिमुर खेतीको सम्भावना राम्रो भएकाले उक्त परियोजना शुरू गर्न लागिएको हो ।

तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह (CFUG), डाबर नेपाल प्रा. लि. र इसीमोडले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षमा २५ हजार टिमुरको बिरुवा रोप्न सहकार्य गर्दैछ । यस सार्वजनिकनिजीसामुदायिक साझेदारीले पर्यावरण पुनर्स्थापना, जीविकोपार्जनका विकल्पहरुलाई बढावा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्ने ठानिएको छ ।

सम्झौतामा इसीमोडका प्रबन्ध निर्देशक पेमा ग्याम्त्सो र डाबर नेपाल र म्यानमारका बिजनेस प्रमुख हरकिरत सिंह बेदीले हस्ताक्षर गरेका छन् ।

 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ९ : ५७ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्