अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा | Khabarhub Khabarhub

अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अवरोधरहित वातावरणमा अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगार, सहभागिता, सामाजिक सुरक्षा र पुनःस्थापना सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताएका छन् ।

अपाङ्गता भएका व्यक्तिहरुको ३०औँ अन्तराष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कोभिड–१९ को महामारीका कारण अपाङ्गता भएका व्यक्तिहरुको रोजगार तथा जीवनयापन अझ धेरै प्रभावित भएको उल्लेख गरेका छन् । तसर्थ उनले अपाङ्गता भएका व्यक्तिलगायत सबै सिमान्तकृत समुदायका आवश्यकता र समस्यालाई विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले अपाङ्गता भएका व्यक्तिहरुले भोगिरहेका भौतिक दृष्टिकोणजन्य, कानूनी र सञ्चारमा रहेका अवरोध न्यूनीकरण गरेर सम्मानपूर्वक, स्वाबलम्बी, आत्मनिर्भर जीवनयापन गर्न पहुँचयुक्त वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको बताए । अपाङ्गता भएकै कारण स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिलाई डाइफर क्याथेटर जस्ता सामानको लागि यो सरकारले मासिक रु पाँच हजार सुविधा निर्णय गरेको छ भने अपाङ्गताको गाम्भिर्यताको आधारमा अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सुविधा वृद्धि गरेको छ ।

उनले दिवसले यस क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था र सम्बन्धित सबै सरोकारवालालाई अपाङ्गता भएका व्यक्तिको हित र अधिकारको प्रवद्र्धनमा एकीकृत रुपमा प्रभावकारी कार्यक्रम लिई अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ६ : ३१ बजे

शिल्पा शेट्टी र राज कुन्द्राविरुद्ध ठगी मुद्दा दर्ता : ६० करोड ठगीको आरोप

मुम्बई – बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी र उनका पति,

पदमार्गको अभावले ओझेलमा ‘जल्पाताल’

ढोरपाटन– चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएको निश्चल पानी

चार दशकपछि डिस्को डान्सरको सिक्वेल: रणवीर वा अल्लु अर्जुन मिथुनको भूमिकामा

मुम्बई – सन् १९८२ मा रिलिज भएको ‘डिस्को डान्स’ हिन्दी

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर 

काठमाडौं– अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति,

खाली पेटमा सौंफको पानी पिउनुहोस्, यस्ता छन् फाइदा 

काठमाडौं– आजको समयमा, स्वास्थ्यको ख्याल गर्नु सबैभन्दा महत्त्वपूर्ण भएको छ।