काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ६३ हजार ८६८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
थपिनेमा अमेरिकामा एक लाख १६ हजार ३९७, जर्मनीमा ७३ हजार ४८६, बेलायतमा ५३ हजार ९४५, फ्रान्समा ४८ हजार ४१६, रुसमा ३३ हजार ३८९ जना छन्।
यही अवधिमा ४ लाख ८ हजार ९२० जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ९४४ जना संक्रमितको मृत्यु भएको छ।
मत्यु हुनेमा रुसका एक हजार २२१, अमेरिकामा एक हजार १३६, युक्रेनमा ५२५, पोल्याण्डमा ५०२, जर्मनीमा ३५७ जना र बेलायतमा १४१ जना छन् ।
निको हुनेमा जर्मनीमा ४२ हजार १००, अमेरिकमा ४१ ह्जार ८७५, रुसमा ३५ हजार १८५, बेलायतमा ३० हजार १४५, टर्कीमा २२ हजार २८४ रहेका छन् ।
प्रतिक्रिया