कांग्रेस महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेको छ ।

महाधिवेशनको प्रचार ब्यानर सार्वजनिकसँगै पार्टीको केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशनअघिको एकहप्ते प्रचार अभियान पनि प्रारम्भ भएको समितिले जनाएको छ ।

बिहीबार प्रदेश अधिवेशन उद्घाटनका क्रममा सार्वजनिक ब्यानरमा नेपालको नक्साभित्र दुई युवाले नेपालको झण्डा र कांग्रेसको झण्डा बोकेको, चुनाव चिह्न रुख तथा बिपी कोइरालालगायतका अग्रज नेतृत्वको तस्वीर अङ्कित छ ।

सो प्रचार ब्यानरको छोटो भिडियो भने दुई दिनपछि सार्वजनिक गरिने समितिले जनाएको छ । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ८ : ४१ बजे

शिल्पा शेट्टी र राज कुन्द्राविरुद्ध ठगी मुद्दा दर्ता : ६० करोड ठगीको आरोप

मुम्बई – बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी र उनका पति,

पदमार्गको अभावले ओझेलमा ‘जल्पाताल’

ढोरपाटन– चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएको निश्चल पानी

चार दशकपछि डिस्को डान्सरको सिक्वेल: रणवीर वा अल्लु अर्जुन मिथुनको भूमिकामा

मुम्बई – सन् १९८२ मा रिलिज भएको ‘डिस्को डान्स’ हिन्दी

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर 

काठमाडौं– अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति,

खाली पेटमा सौंफको पानी पिउनुहोस्, यस्ता छन् फाइदा 

काठमाडौं– आजको समयमा, स्वास्थ्यको ख्याल गर्नु सबैभन्दा महत्त्वपूर्ण भएको छ।