अस्ट्रियाका पूर्वचान्सलर क्रुजले लिए राजनीतिबाट सन्यास « Khabarhub

अस्ट्रियाका पूर्वचान्सलर क्रुजले लिए राजनीतिबाट सन्यास


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  अस्ट्रियाका पूर्वचान्सलर सिबास्टियन क्रुजले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।

चान्सलरबाट राजीनामा दिएको केही सातापछि क्रुजले राजनीतिबाट पनि सन्यास लिने घोषणा गरेका हुन् । भ्रष्टाचारको आरोप लागेपछि क्रुजले एक महिनाअघि पदबाट राजीनामा दिएका थिए ।

‘यो समयका लागि म निकै आभारी छु, हाम्रो सुन्दर अस्ट्रियालाई उचित दिशातर्फ लैजान मैले पनि केही योगदान दिएको छु,’ उनले भने ।

जीवनको नयाँ अध्याय शुरू भएको बताउँदै नेतृत्व हस्तान्तरण गरेको उनले बताए । आफू योगी वा अपराधी दुबै नभएको बताउँदै चान्सलर हुँदा विरोधीले धेरै आलोचना गरेको उनले गुनासो गरे ।

३५ वर्षीय क्रुज युरोपकै कान्छो नेता मात्र भएका थिएनन्, विश्वमै सबैभन्दा कम उमेरमा राष्ट्रप्रमुख हुने पहिलो व्यक्ति बनेका थिए । उनी सन् २०१७ देखि नै अस्ट्रियाको राजनीतिको प्रभावशाली र विभाजनकारी पात्र बनेका थिए ।

राजनीतिबाट सन्यास लिने उनको घोषणाले त्यहाँको पिपुल्स पार्टी अलमलमा परेको छ । पूर्वउपचान्सलर वेर्नर कोग्लरले क्रुजको निर्णयको स्वागत गरेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  २ : १० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र