डेढ अर्बको लगानीमा अस्पताल « Khabarhub

डेढ अर्बको लगानीमा अस्पताल


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- मेडिकल सिटीको रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेको एक अस्पतालले स्तरोन्नति गरी सुविधा सम्पन्न भवन निर्माण गरेको छ ।

कूल ५५ शय्याको नेशनल सिटी हस्पिटलले आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन गर्न लागेको हो ।

अस्पतालका व्यवस्थापक विक्रम अधिकारीका अनुसार भवन तथा सहरी विकास मन्त्रालयबाट अनुमति लिएर स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार साततले भवन निर्माणको अन्तिम चरणमा पुगेको छ ।

दुई सय जना शेयर धनी रहेको यस अस्पतालको संस्थागत शेयर धनीका रुपमा श्री मेडिकल एण्ड टेक्निकल कलेज रहेको छ । अधिकारीका अनुसार १०० शय्या सञ्चालनमा आउँदै गर्दा यसको लगानी रु एक अर्ब ५० करोड पुग्ने छ । उनले भने, ‘जिल्लामा उत्कृष्ट, सुविधा सम्पन्न अस्पताल हाम्रो हुने छ ।’

अस्पतालका सञ्चालक एवं श्री मेडिकल एण्ड टेक्निकल कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालका अनुसार भवनमा २०० शय्यासम्म सञ्चालन गर्न सक्ने गरी निर्माण गरिएको छ ।

उनका अनुसार अत्याधुनिक र आधुनिक प्रविधिका उपकरण भित्र्याइँदै छ । कतिपय उपकरण आइसकेका छन् भने कतिपय आउने क्रममा रहेको छ । मेडिकल कलेजपछिको ठूलो लगानीको अस्पतालको रुपमा यसलाई विकास गर्न लागिएको छ ।

अस्पतालका अर्का सञ्चालक कल्याण जोशीका अनुसार  १३ वर्षअघि रु पाँच करोडको लागतमा नारायणगढमा स्थापना गरिएको यस अस्पताल हाल भरतपुरको चौबिसकोठीमा रहेको छ ।

करिब १२ कट्ठा जग्गा खरिद गरेर अस्पतालको स्तरोन्नति गरिएको हो । अस्पतालमा विशिष्टिकृतसहित सबै सेवा उपलव्ध गराइने उनको भनाइ छ ।

अस्पतालले जग्गा आफैँले खरिद गरी स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसारको भवन निर्माण र आधुनिक उपकरण जडान गर्न लागेकाले लगानी ठूलो भएको जोशीले जानकारी दिए । कतिपय उपकरण मेडिकल कलेजमा समेत नभएका आधुनिक उपकरण राखेर सेवा दिने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ८ : ३५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै गएको

उजाड स्याफ्रुबेंसी : जहाँको बजार नै बग्यो, स्थानीयको आश्रय केही बाँकी रहेन (तस्बिरहरू)

रसुवा- नुवाकोटको बेत्रावती हुँदै भोटेकोशी बाढीपछि सडकमार्गबाट पुग्न सकिने अन्तिम

धानको गाँज लाग्ने बेलामा रासायनिक मलको अभाव

बाँके– धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव

प्रधानमन्त्री वालेन्द्र र नेकपा नेताबीच वर्षमानबीच भेट, बाढीपछिको पुनःस्थापनाबारे छलफल

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले

जसपाको कार्यकारिणी बैठक तेस्रो दिन पनि जारी, अध्यक्ष यादव दिँदैछन् जवाफ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक