एमालेले चितवनलाई अझ स्थापित गर्‍यो, विकासको मोडल पनि देख्यो : प्रचण्ड « Khabarhub

एमालेले चितवनलाई अझ स्थापित गर्‍यो, विकासको मोडल पनि देख्यो : प्रचण्ड


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालले सौराहामा महाधिवेशन गरेर चितवनलाई स्थापित गरेको बताएका छन् । साथै एमालेजनले चितवनको विकासलाई आत्मसात पनि गरेको दाहालले दाबी गरेका छन् ।

एमाले महाधिवेशन सकिने वित्तिकै प्रचण्ड चितवनमा, शिलान्यास र उद्घाटनमा व्यस्त भएका दाहालले शनिबार बिहानै सी बिच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माणको शिलान्यासमा यस्तो बताएका हुन् ।

एमालेले महाधिवेशनको उद्घाटन नारायणी नदी किनारमै गरेको थियो । एमाले महाधिवेशनको उद्घाटन सत्र स्थलमा आयोजित शिलान्यास कार्यक्रममा प्रचण्डले एमाले नेता कार्यकर्ताले चितवनको विकास देख्नुका साथै यहाँको राजनितिक महत्व के हो भन्नु कुरा पनि स्थापित गरेर गएको बताए ।

‘देशभरीका जनताले चितवन, चितवनको विकास, नारायणी, यहाँको धार्मिक पर्यटकीय स्थल, सबै जल जंगलको स्थिति बुझेर जानु भनेको चितवनवासी र हामी जनप्रतिनिधिका लागि खुसीको कुरा हो,’ उनले भने ।

एमालेको महाधिवेशन चितवनमा हुनुलाई आफूले नकरात्मक रुपमा नलिएको उनले बताए । यद्यपि यसअघिका विभिन्न कार्यक्रममा बोल्दा एमालेले आफूलाई सिध्याउनकै लागि चितवनमा महाधिवेशन गरेको प्रचण्डले बताएका थिए ।

प्रचण्डले यातायात व्यवस्था सेवा कार्यालय भरतपुरको सवारी दर्ता तथा सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)को नवीकरण सेवा शुभारम्भको पनि शनिबार उद्घाटन गरे । बागमती प्रदेशअन्तर्गतको यातायात सेवा कार्यालयले स्मार्ट लाइसेन्सको नवीकरण गर्न पाउने अधिकार पाएलगत्तै सेवा सञ्चालन गरेको हो ।

१८-१९ मंसिरसम्म चितवनमा हुन लागेको प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको प्रचण्डले उद्घाटन गर्दै छन् । उद्घाटनसँगै महाधिवेशनलाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ९ : ४५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै गएको

उजाड स्याफ्रुबेंसी : जहाँको बजार नै बग्यो, स्थानीयको आश्रय केही बाँकी रहेन (तस्बिरहरू)

रसुवा- नुवाकोटको बेत्रावती हुँदै भोटेकोशी बाढीपछि सडकमार्गबाट पुग्न सकिने अन्तिम

धानको गाँज लाग्ने बेलामा रासायनिक मलको अभाव

बाँके– धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव

प्रधानमन्त्री वालेन्द्र र नेकपा नेताबीच वर्षमानबीच भेट, बाढीपछिको पुनःस्थापनाबारे छलफल

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले

जसपाको कार्यकारिणी बैठक तेस्रो दिन पनि जारी, अध्यक्ष यादव दिँदैछन् जवाफ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक