रेखाको समर्थनमा कुन्तीलाई गिरीको जवाफ– क्यामराअगाडि तपाईँको पसिना छुट्नेछ « Khabarhub

रेखाको समर्थनमा कुन्तीलाई गिरीको जवाफ– क्यामराअगाडि तपाईँको पसिना छुट्नेछ


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कलाकार तथा निर्माता दीपकराज गिरीले राप्रपा महाधिवेशनको महामन्त्रीमा उम्मेद्वारी दिएकी अभिनेत्री रेखा थापाको समर्थन गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका छन् ।

रेखाले महाधिवेशनमा महिलातर्फ महामन्त्री पदमा उम्मेदवार दिएकी छिन् । उनको उम्मेदवारीपछि  राप्रपा नेतृ कुन्ती कुमारी शाहीले रेखा थापालाई राजनीति फिल्म निर्माण गरेजस्तो सजिलो नभएको प्रतिक्रिया दिएकी थिइन् ।

यसको जवाफ दिँदै कलाकार गिरीले चलचित्रको कामलाई सजिलो नमान्न भनेका हुन् । उनले कुन्तीलाई क्यामराअघि आउनासाथ पसिना आउने पनि बताएका छन् । उनले सबै पेशा आ–आफ्नो ठाउँमा गाह्रो हुने पनि बताएका छन् ।

राप्रपाको जारी एकता महाधिवेशनमा रेखा थापा र कुन्तीकुमारी शाहीबीच महामन्त्री पदका लागि प्रतिस्पर्धा हुँदैछ । रेखाले राजेन्द्र लिङदेन समूहबाट महामन्त्री पदमा उम्मेद्वारी दिएकी छिन् ।

रेखाले महामन्त्रीमा उठेको विषयलाई स्वागतयोग्य रुपमा लिएको कलाकार गिरीले बताएका छन् ।

यस्तो छ उनको स्टाटस

आज म लेख्दैछू ‘‘
राप्रपा को चुनाब मेरो लागि लुतो न कनाइ हो
कलाकार रेखा थापा को उम्मेदबारी र यस सम्बन्ध मा भएका बहसबाजी को बारेमा केहि लेख्न मन लाग्यो, केहि उठेका प्रश्न हरू ‘

गणतन्त्रबादी रेखा कसरी राप्रपारु
कांग्रेस एमाले मा पनि राजा ल्याउनु पर्छ भन्ने बिचार राख्ने मान्छेहरू छन् ,अब उनिहरू कांग्रेस वा एमाले हुन वा होइनन ?
त्यसै गरेर राप्रपा मा पनि त राजा ल्याउनु हुन्न भन्ने धार पनि होला वा हुन सक्छ नि ‘‘न रेखा त्यसमा पर्छिन् कि ?

रेखा थापा लाइ कुन्ती शाह जी ले “ राजनीति ,फिल्म खेलेको जस्तो सजिलो छैन ”
भन्नु भएछ, कस्ले भन्यो तपाइलाइ फिल्म खेल्न सजिलो छ भनेर‘ एकचोटी ट्राइ गरेर हेर्नु हुन्छ ? क्यामारा अगाडि तपाइको पसिना छुट्ने छ !!

संसारका सबै काम आ आफ्नो ठॉउमा गार्है नै हुन्छ त्यसैले कुनै पेशा लाइ सजिलो ठान्ने काम नगरौ हुनत: राप्रपा ले मेरो सिद्दान्त र बिचार लाइ प्रतिनिधित्व गर्दैन तथापि , मैले यो बोल्नै पर्छ एउटा कलाकार लाइ चुनाब जित्न का लागि सधै दलहरूले प्रयोग गर्दै आइरहेको र उनिहरूलाइ कुनै पनि महत्वपूर्ण जिम्मेवारी वा पदहरू वाट बन्चित गरिदैआइएको छ, यस्तो परिप्रेक्ष्यमा रेखा थापाले महामंत्री जस्तो महत्वपूर्ण पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नु लाइ मैले एक कलाकारको हिसाब ले स्वागत योग्य ठान्दछू र शुभकामना पनि दिन चाहन्छू !! तैले सक्दैनस, यो तेरो काम होइन , तेरो अनुभव छैन ‘यि शब्दहरू तिन्ले प्रयोग गर्छन जो आफै असक्षम छन् !!

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ३ : ०७ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी