दबाबपछि रौतहट–४ का विजयी उम्मेदवारले प्रमाण पत्र पाए « Khabarhub

दबाबपछि रौतहट–४ का विजयी उम्मेदवारले प्रमाण पत्र पाए


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ को निर्वाचित क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरूले शनिबार साँझ प्रमाणपत्र पाएका छन् । संस्थापन निकट कृष्णा यादव समूहले मत परिणाम आइसक्दा पनि प्रमाण पत्र वितरणमा अवरोध गरेको थियो ।

शुरुमा यादबले सर्वसहमति भन्दै चुनाव नै रोके पनि गत मंसिर ४ गते १ सय ५१ जनाले लिखित रुपमै निर्वाचनको आग्रह गर्दै जिल्ला निर्वाचन अधिकृतलाई पत्र बुझाएका थिए ।

यादब समूह दबाब बढेपछि चुनाव गराउन बाध्य भए पनि परिणाम आइसकेपछि प्रमाणपत्र वितरणमा अवरोध गरेको थियो। प्रमाण पत्र वितरण रोकिएपछि स्थानीय नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शन र दबाबपछि प्रमाण पत्र वितरण गरिएको हो । सो क्षेत्रमा संस्थापन इतर समूहका उम्मेदवार विजयी भएको जनाइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १० : ०० बजे

पहिरोले बूढीगण्डकीको सहायक स्यार खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–छेकम्पार चौरीखर्क क्षेत्रमा ठूलो पहिरो खस्दा बूढीगण्डकी

राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा

डल्लास– अविरल वर्षा र बाढी-पहिरोका कारण देश शोकमा डुबिरहेका बेला

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि