आजबाट बाघ गणना सुरु हुँदै, वनमन्त्रीले उद्घाटन गर्ने | Khabarhub Khabarhub

आजबाट बाघ गणना सुरु हुँदै, वनमन्त्रीले उद्घाटन गर्ने


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – आजदेखि देशभर राष्ट्रिय बाघ गणना सुरु हुँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागले बाघ गणना गर्न लागेको हो । बाघको गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ ।

चितवन–पर्सा कम्प्लेक्सबाट बाघको गणना सुरु हुन लागेको हो । नवलपरासीको त्रिवेणीदेखि रौतहटको बागमतीसम्मको वन क्षेत्र, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र र शुक्लाफाँटा गरी अरु तीन कम्प्लेक्सटमा छुट्याइएको छ।

वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहाबाट आज साढे १० बजे राष्ट्रिय बाघ गणनाको उद्घाटन गर्दै छन् । रुखमा क्यामरा जडान गरेर मन्त्रीले उद्घाटन गर्ने छन् । बाघ गणनाका लागि देशभर छ सय क्यामरा प्रयोग गरिने छ ।

बाघ गणना उद्घाटनका लागि वनमन्त्री यादवसहित राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागका डा. रामचन्द्र कँडेललगायतको टिम शनिबार नै चितवन आइपुगेको थियो । क्यामरा ट्रयापिङ र अकुपेन्सी सर्भे विधिमार्फत बाघ गणना गरिने कँडेलले बताएका छन् ।

नेपालमा चितवनलगायत बर्दिया, बाँके, पर्सा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सन् २०१८ को गणना अनुसार नेपालमा २३५ बाघ छन् ।

सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा छन् । त्यसपपछि बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन् । नेपालमा सन् २०१३ मा १९८ बाघ भेटिएको थियो ।

बाघ गणना गर्न चितवन–पर्सा कम्प्लेक्समा मात्रै सुरुवाती चरणमा प्राविधिक र कर्मचारी गरी करिब सय जना खटिने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गणना गर्दा आवश्यकता अनुसार मोटरसाइकल, गाडी र हात्तीको प्रयोग हुने उनले बताए ।

‘क्यामरामा बाघको फोटो कैद गरिने भएकाले गणना गर्दा प्राय मोटरसाइकल र गाडी नै प्रयोग हुन्छ, खोला तर्नुपर्ने ठाउँमा चाँहि हात्ती पनि प्रयोग हुन्छ’, उनले भने, ‘चितवन–पर्सा कम्प्लेक्समा करिब दुई महिनामा गणना गरेर सकिन्छ ।’

बाघ गणनामा करिब तीन करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । बाघ गणनाका लागि विभिन्न संघसंस्थाहरुले पनि सहयोग गर्ने छन् ।

फागुन मसान्तसम्म देशभरको बाघ गणना सकेर आगामी १३ साउनमा विश्व बाघ दिवसको अवसर पारेर नतिजा सार्वजनिक गर्ने विभागको योजना छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ६ : २६ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही