‘ए’ डिभिजन लिग : आर्मी र बीबीसी भिड्ने « Khabarhub

‘ए’ डिभिजन लिग : आर्मी र बीबीसी भिड्ने


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणमा आज (आइतबार) आर्मीले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरुद्ध खेल्दैछ ।

दशरथ रंगशालामा हुने खेल साँझ पौने ५ बजे सुरु हुनेछ । तेस्रो खेलमा आर्मी पहिलो जितको खोजीमा छ । आर्मीले अघिका दुबै खेलमा अंक बाँडेको थियो । समग्रमा दुबै खेल आर्मीले आफ्नै स्तरको प्रतिद्वन्द्वी पाएको थियो ।

पहिलो खेलमा विभागीय नेपाल पुलिससँग १–१ अन्तरले बराबरी खेल्दै अंक बाँडेको आर्मी दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबसँग गोलरहित बराबरी खेल्न बाध्य भयो ।

लिगमा आर्मीलाई बीबीसी सहज प्रतिद्वन्द्वी हुन सक्नेछ । पछिल्लो दुबै संस्करणको लिगमा आर्मीले सहज जित निकालेको छ । यसपटक समेत शारीरिक तथा प्राविधिक रुपमा बलियो आर्मी युवा खेलाडी सम्मिलित बीबीसीबाट तीन अंक खोस्ने दाउँमा छ ।

‘विपक्षीलाई कमजोर मान्नु हुन्न । हामी आफ्नो खेल खेल्दै तीन अंक लिने प्रयासमा गर्नेछौं,’ आर्मीका सहायक प्रशिक्षक राजु तामाङ भन्छन् ।

लिगको तयारी क्रममा मुख्य फरवार्ड नवयुग श्रेष्ठ गुमाएको आर्मी अट्याक लाइनमै कमजोर देखिएको छ । आर्मी अर्का स्ट्राइकर सुदिल राईलाई समेत चोटका कारण पाउने छैन ।

बीबीसीविरुद्ध आर्मीले अग्रपंक्तिमा कप्तान भरत खवास र जर्ज प्रिन्स कार्कीलाई उतार्ने छ ।

बीबीसी युवा खेलाडीको उच्च मनोबलका साथ आर्मीलाई चुनौती दिन तयार छ । नेपाल यु–१६ टोलीका कप्तान समेत रहीसकेका रोशन राना मगरको कप्तानीमा रहने बीबीसी जारी लिगमा अपराजित छ । २ खेल खेलेका उसले १ जित र १ बराबरसहित ४ अंक जोडेको छ ।

सनोज श्रेष्ठको प्रशिक्षणमा रहेको बीबीसी आर्मीविरुद्ध अप्रत्याशित नजिता दिने योजनामा छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १० : ३० बजे

आदिवासी दिवसमा आङ्देम्बेको चेतावनी- ‘सङ्घीयता र समानुपातिक प्रतिनिधित्व कमजोर पार्न पाइँदैन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

हर्मुज खुला गर्न इरानद्वारा अमेरिकी नाकाबन्दी अन्त्यको सर्त

काठमाडौँ – हर्मुज स्ट्रेट खुला गर्नका लागि अमेरिकी जलसेनाको नाकाबन्दी

भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने

काठमाडौँ– १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा

आज विश्व आदिवासी दिवस मनाइँदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ– विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण