कांग्रेसको प्रदेश १ सभापतिमा सिटौला समूहका थापा विजयी | Khabarhub Khabarhub

कांग्रेसको प्रदेश १ सभापतिमा सिटौला समूहका थापा विजयी


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेपाली कांग्रेसको प्रदेश १ सभापतिमा संस्थापन पक्ष (देउवा–सिटौला गठबन्धन) का उद्धव थापा विजयी भएका छन् ।

१४ औ महाधिवेशन अन्तर्गत आज बिहान साढे ३ बजे निर्वाचन समितिले घोषणा गरेको मतपरिणाम अनुसार थापाले ८ सय ४४ पाएर निर्वाचित भएका हुन् । उनी कृष्णप्रसाद सिटौला हुन् ।

उनका प्रतिद्वन्द्धी पौडेल–कोइराला समूहका गुरुराज घिमिरेले ८ सय ४२ मत प्राप्त गरे । सभापतिमा शुरुआतदेखि नै घिमिरेले अग्रता लिएकामा अन्तिम समयमा थापा दुई मतले जित हासिल गर्न सफल भएका हुन् । उनले घिमिरेलाई दुई मतले पछि पारेका हुन् ।

कार्यसमिति पदाधिकारीमा पनि संस्थापन समूहकै वर्चश्व छ । महामन्त्रीमा संस्थापन पक्षका भुपेन्द्र राईले ८ सय २४ मत ल्याई विजयी भएका छन्।

यस्तै सह-महामन्त्री महिला तर्फ संस्थापन पक्षकी प्रमिला गच्छदारले ८ सय ३७ मत ल्याएर विजयी भएकी छिन् भने इतरकी सीता कार्कीले ७ सय ९३ मत प्राप्त गरेकी छिन् ।

यस्तै सह- महामन्त्री खुल्ला तर्फ सर्वाधिक मतका साथ खड्ग फागो विजयी भएका छन् । उनले १ हजार २६ मत प्राप्त गरेका छन् भने अर्का विजयी बिनोद कुमार बस्नेतले ७ सय ४७ मत प्राप्त गरे।

 

 

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ६ : २२ बजे

‘५०० टेक’ चर्चाबारे मिस पबीको स्पष्टीकरण यस्तो, ‘माग्ने राजा’ फिल्म नै नहेर्ने !

काठमाडौं – ‘माग्ने राजा’मा ‘अभिनय गर्न नसकेका कारण पवित्रा सान्की

दोलखाका १३ हजार गाईभैँसी र चौँरीलाई लाम्पी-स्किनविरुद्ध खोप लगाइने

दोलखा– पशु सेवा कार्यालय दोलखाले आउँदो भदौ १ गतेदेखि ७

 स्थानीय तहमा निमित्त राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : प्रशासनमन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तह

प्रधानमन्त्रीबाट मनहरपुरमा सडक शिलान्यास

जनकपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं  प्रधानमन्त्री केपी