युरोपेली देशले तालिवानलाई राजनीतिक मान्यता नदिने « Khabarhub

युरोपेली देशले तालिवानलाई राजनीतिक मान्यता नदिने

काबुलमा साझा कूटनीतिक मिसन खोल्ने


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस – युरोपेली युनियनमा आबद्ध अधिकांश देशहरुले अफगानिस्तानमा संयुक्त कूटनीतिक मिसन खोल्ने तयारी गरिरहेका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले सो जानाकारी दिएका हुन् । अफगानिस्तानमा रहेका विदेशी नियोगका प्रमुख र राजदूतहरुको सुरक्षाका लागि संयुक्त कूटनीतिक मिसन अ‌ावश्यक भएको उनले बताए । मिसन चाँडै स्थापना हुने पनि उनको विश्वास छ ।

तालिवानले अगस्टमा अफगान सत्ता नियन्त्रणमा लिएपछि पश्चिमा देशहरुका राजदूतहरुले देश छोडेका थिए । तालिवानले नियुक्त गरेका अधिकांश मन्त्रीलाई अमेरिका र राष्ट्रसंघले प्रतिबन्ध लगाएका छन् । ‘हाम्रा राजदूतहरुलाई सहज बनाउन अफगानिस्तानमा युरोपेली मुलुकको साझा संगठन खोल्ने बारेमा हामीले साचिरहेका छौं’, म्याँक्रोले भने ।

उनले अगाडि भने, ‘तालिवानलाई राजनीतिक रुपमा मान्यता दिनु भन्दा वा उनीहरुसँग राजनीतिक विषयमा छलफल गर्नु भन्दा साझा राजनीतिक मिसन खोल्नु उपर्युक्त हुन्छ ।’

यसैबीच, देशबाहिर जान चाहेका करिव ३०० अफगानीलाई कतारले उदार गरेको फ्रान्सले जनाएको छ । अमेरिकी सेनाले अफगानिस्तान छोडेको अन्तिम दिन करिव एक लाख २४ हजार मानिसले देशबाट बाहिरिएका थिए । सम्बन्धित देशहरुमा जानुअघि उनीहरु सबै जना कतार पुगेका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : ५९ बजे

इलामका किसानको आकर्षण व्यावसायिक स्कुस खेतीतर्फ

इलाम– इलामका किसानले नेपालको मध्य पहाडी र उच्च भेगमा समेत

भोटेकोशी विपद्‍पछि राष्ट्रसंघ जान प्रधानमन्त्रीलाई दबाब, सरकारका प्रवक्ता भन्छन् : नेपालको आवाज पुर्‍याए भयो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसंघको ८१ औँ महासभामा जाने कुरामा अझै

वैतेश्वर गाउँपालिकाले रसुवा बाढीपीडितका लागि ७ लाख ७० हजार सहयोग गर्ने

दोलखा– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत,

त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’

कृष्णभीर माथिको डाँडामा रूख कटान सुरु

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा रूख काट्ने र झाडी