युरोपेली देशले तालिवानलाई राजनीतिक मान्यता नदिने | Khabarhub Khabarhub

युरोपेली देशले तालिवानलाई राजनीतिक मान्यता नदिने

काबुलमा साझा कूटनीतिक मिसन खोल्ने


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस – युरोपेली युनियनमा आबद्ध अधिकांश देशहरुले अफगानिस्तानमा संयुक्त कूटनीतिक मिसन खोल्ने तयारी गरिरहेका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले सो जानाकारी दिएका हुन् । अफगानिस्तानमा रहेका विदेशी नियोगका प्रमुख र राजदूतहरुको सुरक्षाका लागि संयुक्त कूटनीतिक मिसन अ‌ावश्यक भएको उनले बताए । मिसन चाँडै स्थापना हुने पनि उनको विश्वास छ ।

तालिवानले अगस्टमा अफगान सत्ता नियन्त्रणमा लिएपछि पश्चिमा देशहरुका राजदूतहरुले देश छोडेका थिए । तालिवानले नियुक्त गरेका अधिकांश मन्त्रीलाई अमेरिका र राष्ट्रसंघले प्रतिबन्ध लगाएका छन् । ‘हाम्रा राजदूतहरुलाई सहज बनाउन अफगानिस्तानमा युरोपेली मुलुकको साझा संगठन खोल्ने बारेमा हामीले साचिरहेका छौं’, म्याँक्रोले भने ।

उनले अगाडि भने, ‘तालिवानलाई राजनीतिक रुपमा मान्यता दिनु भन्दा वा उनीहरुसँग राजनीतिक विषयमा छलफल गर्नु भन्दा साझा राजनीतिक मिसन खोल्नु उपर्युक्त हुन्छ ।’

यसैबीच, देशबाहिर जान चाहेका करिव ३०० अफगानीलाई कतारले उदार गरेको फ्रान्सले जनाएको छ । अमेरिकी सेनाले अफगानिस्तान छोडेको अन्तिम दिन करिव एक लाख २४ हजार मानिसले देशबाट बाहिरिएका थिए । सम्बन्धित देशहरुमा जानुअघि उनीहरु सबै जना कतार पुगेका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : ५९ बजे

साझा उम्मेदवार खोज्दै तराई-मधेशका सात दल

काठमाडौं– निर्वाचन आयोगले विभिन्न तहमा रिक्त भएका पदको पूर्तिका लागि

कोशी प्रदेशसभा : विनियोजन विधेयक बहुमतले पारित

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८२/८३ को

प्रधानसेनापति सिग्देलद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका गौरवकुमार केसीलाई

बेपत्ता महिलाको खोजी गर्न कुकुर परिचालन

काठमाडौं– नुवाकोटमा बाढीमा बेपत्ता महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल

ब्राउन सुगरसहित दुई जना पक्राउ

काठमाडौं– सशस्त्र प्रहरी बलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको द्वार नजिकै रहेको होटलबाट