गर्भको शिशुका लागि के खाने ? « Khabarhub

गर्भको शिशुका लागि के खाने ?


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक गर्भवती महिला आफ्नो गर्भमा रहेको शिशुको बारेमा चिन्तित हुन्छिन् । यसका लागि उनले कतिपय कुराको त्याग गर्नु पर्दछ । गर्भमा रहेको बच्चाको सही विकास होस् भन्नकालागि गर्भावस्थामा महिलाले केही खानेकुरामा विशेष ध्यान दिनुपर्छ । यस्तो बेला के-के खान उत्तम हुन्छ ?

– प्रशस्त पानी

हरेक गर्भवती महिलाले गर्भावस्थामा प्रशस्त मात्रामा पानीको सेवन गर्नुपर्दछ । पानीको सेवनले शरीर भित्र रहेको विकार पदार्थ बाहिर ल्याउन मद्दत गर्दछ । साथै गर्भावस्थामा हुने विभिन्न इन्फेक्सन हुनबाट पनि बचाउँछ ।

– दाल

गर्भावस्थामा महिलाले राजमा, केराउ, चना, मुसुरोको दाल खानु पर्दछ । यी खानेकुरामा प्रोटिन, फाइबर, आयन, फोलेट, क्यालसियम, जिंक लगायतका महत्वपुर्ण तत्व पाइन्छ । तसर्थ गर्भावस्थामा यसको सेवन गर्नु निकै फाइदा हुन्छ ।

– फाइबरयुक्त खाना

ओटमील, ब्राउन राइस, मल्टीग्रेन आटामा फाइबरका साथै अन्य धेरै प्रकारका पोषक तत्व पाइन्छ । तसर्थ गर्भवती महिलाले भोजनमा यी खानाको सेवन गर्नु निकै लाभदायक हुन्छ ।

– फलफूल

फलफूलमा भिटामिन, एन्टीअक्सीडेन्टस अत्यधिक मात्रामा पाइने हुनाले फलफूलको नियमित सेवन गर्नु पर्दछ । यसको नियमित सेवनले गर्भावस्थामा छालालाई पनि सुन्दर बनाउँछ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : २६ बजे

साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ– आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा