बेहुली हुन स्लिम शरीर बनाउदै कटरीना « Khabarhub

बेहुली हुन स्लिम शरीर बनाउदै कटरीना


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– बलिउड अभिनेत्री कटरीना कैफ र अभिनेता विकी कौशलको विवाहको खबरले उनीहरुको फ्यानमाझ एक किसिको छुट्टै उत्साह जागेको छ । यो जोडी निजी समारोहबीच फोर्ट सिक्स सेन्सेसमा विवाहका लागि तयारी अवस्थामा छन् । विवाहका लागि कटरीना विशेष किसिमको डाइटलाई फलो गरिरहेकी छन् ।

कटरीना आफ्नो विवाह महारानी शैलीमा होस भन्ने चाहन्छिन् । त्यहीकारण उनी आफूलाई विवाहमा महारानी जस्तो देखाउन चाहिरहेकी छन् । विवाहमा आफूलाई उपयुक्र्त देखाउनका लागि कैयौं सातायता उनले ‘नो कब्र्स डाइट’ पछ्याइरहेकी छन् । स्लिम देखिनका लागि उनले चिल्लो खाद्यपदार्थ, ग्लूटेन, चिनीबाट आफूलाई टाढा राखेकी छन् ।

कटरीना निकट स्रोतका अनुसार उनी बान्द्रामा आफ्नो साथीको घरमा विवाहको पहिरनको फिटिङ चेक गरिरहेकी छन् । कटरीना आफैंमा एक फिटनेस फ्रीक स्टार हुन् । त्यहीकारण उनी आफ्नो विवाहमा सबैभन्दा सुन्दर र फिट देखिन चाहन्छिन् ।

कटरीना अहिले विवाहको तयारीका कारण हेल्डी फूड मात्र खाइरहेकी छन् । उनी यो समयमा बढी भन्दा बढी साग, सूप र सलाद मात्र लिइरहेकी छन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १२ : ५६ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो