उम्मेदवारबारे छलफल गर्न पौडेल समूहका नेताहरु बोहोराटारमा « Khabarhub

उम्मेदवारबारे छलफल गर्न पौडेल समूहका नेताहरु बोहोराटारमा


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाधिवेशन आउन केही दिनमात्र बाँकी रहँदा नेपाली कांग्रेसको पौडेल समूहका नेताहरु उम्मेदवारबारे छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा भेला भएका छन् । सभापतिका आकांक्षी सो समूहका चारजना नेताहरु बोहोराटारमा भेला भएका हुन् ।

सभापतिका आकांक्षी पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला पौडेल निवास पुगेका छन् । वरिष्ठ नेता पौडेल पनि सभापतिका आकांक्षी हुन् । अहिले छलफल चलिरहेको बोहोटार स्रोतले जनायो ।

पार्टीको प्रदेश अधिवेशन सम्पन्न भइसकेपछि यी प्रमुख चार नेताबीच छलफल भएको हो । प्रदेश अधिवेशन पौडेल समूहले सोचे जस्तो नआएपछि यो समूहमा एकजनामात्र सभापतिको उम्मेदवार बन्नुपर्ने दबाब बढेको छ ।

पौडेल समूह बलियो मानिएको वागमती र प्रदेश एकमै देउवा समूह विजयी भएपछि पौडेल समूहमा साझा उम्मेदवार बनाउन थप दबाब बढेको छ । सभापतिका आकांक्षी चारैजनाले साझा उम्मेदवार बनाउने बताए पनि आफ्नै नाममा सहमति हुनुपर्ने अडान राख्दै आएका छन् ।

सभापतिमै कुरा नमिलेपछि अन्य पदहरु सपसभापति, महामन्त्री र सहमहामन्त्रीका आकांक्षीले पनि उम्मेदवारी घोषणा गर्न सकेका छैन । यो समूहमा रहेका गगन थापाले महामन्त्री र बद्रि पाण्डेले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
सोमबारको छलफलले उम्मेदवारीबारे केही स्पष्ट पार्ने नेताहरुले बताएका छन् ।

उता सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि भने उम्मेदवारी घोषणा गरेर प्रचारको काम थालिसकेका छन् ।

यसैबीच एक अपील जारी गर्दै वरिष्ठ नेता पौडेलले विभिन्न कार्य समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाइ दिएका छन् । उनले पार्टीको संगठन निर्माणमा खटिनसमेत आह्वान गरेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ६ : ३९ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग