भारतमा ओमिक्रोन भेरियन्ट सङ्क्रमितको संख्या २१ पुग्यो « Khabarhub

भारतमा ओमिक्रोन भेरियन्ट सङ्क्रमितको संख्या २१ पुग्यो


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा कोभिड १९ को ओमिक्रोन संस्करणबाट सङ्क्रमित हुनेको संख्या आइतबार पाँच बाट बढेर २१ पुगेको छ।

ओमिक्रोन भेरियन्टका नौ घटनाहरू पश्चिम राजस्थानको राजधानी जयपुरबाट र सात दक्षिणपश्चिमी राज्य महाराष्ट्रबाट सङ्कलन गरिएको थियो।

स्थानीय समाचारका अनुसार, महाराष्ट्रको पिम्परी चिंचवाड क्षेत्रमा छवटा केसहरू दर्ता भएका छन्, जबकि पुणे शहरमा आइतबार एउटा केस भेटिएको थियो।

डिसेम्बर ५ मा दक्षिण अफ्रिकाबाट जयपुर आएका एक परिवारका नौ व्यक्तिको नमूनाहरूको जीनोम अनुक्रमणले ओमिक्रोन भेरियन्टको पुष्टि गरेको थियो ।

राज्यको स्वास्थ्य विभागले ओमिक्रोनका नौ बिरामीहरूसँग सम्पर्कमा आएका मानिसहरूलाई अलग्गै राखेको जनाइएको छ ।

यसबाहेक, राजस्थान स्वास्थ्य विभागले दिएको जानकारी अनुसार राज्यमा कुल ३४ वटा नमूनाहरू परीक्षण गरिएको थियो, जसमध्ये २५ नेगेटिभ आएको छ।

यसैबीच, कर्नाटकको दक्षिणी राज्यबाट दुई, गुजरातमा एक, महाराष्ट्रमा आठ र दिल्लीमा एक जना सङ्क्रमित भेटिएका छन् । सिन्ह्वा

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : २५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु