घर आसपासमा यी ४ बोटबिरुवा हुनु शुभ मानिँदैन « Khabarhub

घर आसपासमा यी ४ बोटबिरुवा हुनु शुभ मानिँदैन


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वास्तु शास्त्र एक प्राचीन शास्त्र हो । जसमा घरको वास्तुसहित खुसीयाली जीवन कसरी बनाउने भन्ने बारे जानकारी दिइएको हुन्छ । वास्तु शास्त्र अनुसार घर वा आसपासको वातावरण वास्तु अनुरूप भए शुभ हुने मान्यता छ ।

वास्तु अनुसार सकारात्मक ऊर्जा कायम राख्न विभिन्न बोटबिरुवाको महत्त्वपूर्ण भूमिका हुन्छ । तुलसीको बोट सकारात्मक ऊर्जाको जीवन्त प्रतीक हो । यस अलावा नीम, मनी प्लान्ट आदि शुभ मानिन्छ । तर केही यस्ता बोटबिरुवा छन् जो घर आसपास भए यसले नकारात्मक ऊर्जा उत्पन्न गर्ने विश्वास गरिन्छ ।

तित्री (इमली)को बोट

हुन त अन्य धेरै कारणले तित्री स्वास्थ्यका लागि लाभकारी मानिन्छ । तर वास्तुको दृष्टिले तित्रीको बोट अशुभ मानिन्छ । वास्तु शास्त्र अनुसार घर वा आसपास तित्रीको बोट भए नकारात्मक ऊर्जा उत्पन्न हुने विश्वास गरिन्छ । जसका कारण घरका सदस्य बिरामी पर्न सक्ने, आपसी मनमुटाब बढ्ने मान्यता छ ।

पीपल

सामान्यता पीपललाई धार्मिक दृष्टिकोणले शुभ मानिन्छ । धार्मिक शास्त्र अनुसार पीपल पूजनीय पनि छ । तर वास्तु अनुसार पीपललाई घरमा वा घर आसपासमा रोप्न बाट बच्नु पर्दछ । अन्यथा आर्थिक हानी हुने मान्यता छ ।

सिउँडी

वास्तु शास्त्र अनुसार घर परिसरमा कुनै पनि प्रकारको काडेँदार बोटबिरुवा हुनु शुभ मानिँदैन । यसले घरमा नकारात्मक ऊर्जा उत्पन्न गराउने विश्वास गरिन्छ । यस्तोमा सिउँडी वा यो जस्तै कुनै पनि प्रकारको काडेँदार बोटबिरुवा घर वा आसपासमा रोप्न नहुने वास्तुको मान्यता छ । अन्यथा यसबाट उत्पन्न हुने नकारात्मक उर्जाका कारण परिवारका सदस्यबीच आपसी मनमुटाब बढ्ने विश्वास गरिन्छ ।

खजूर

घरमा खजूरको बोट हुनु वास्तुको दृष्टिले शुभ मानिँदैन । काडेँदार हुने भएकाले वास्तु अनुसार खजूर घर वा आसपासमा भए यसले पनि नकारात्मक ऊर्जा उत्पन्न गर्ने र घर परिवारको सफलतामा बाधक बन्ने वास्तुको मान्यता छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ५ : ५० बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग