जर्मन चान्सलर मर्केल आज पदमुक्त हुँदै « Khabarhub

जर्मन चान्सलर मर्केल आज पदमुक्त हुँदै


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मन चान्सलर एन्जेला मर्केल आज पदमुक्त हुँदै छिन् ।

नयाँ चान्सलरका रूपमा आजै ओलाफ शुल्जले कार्यभार सम्हाल्दै छन् । उनले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने बताइएको छ ।

२२ नोभेम्बर २००५ मा चान्सलर बनेकी मर्केल जर्मनीको इतिहासमा एक मात्र महिला चान्सलर हुन् ।

आफ्नो कार्यकालमा उनी निकै लोकप्रिय बन्न सफल भइन् । उनको कार्यकालमा चार अमेरिकी राष्ट्रपति, चार फ्रान्सेली राष्ट्रपति, पाँच बेलायती प्रधानमन्त्री परिवर्तन भइसकेका छन् । यद्यपि उनको कार्य कुशलताका कारण सबै राष्ट्रसँगको सम्बन्ध सुमधुर रहेको बताइन्छ ।

पदमुक्त हुँदै गर्दा मर्केलले नयाँ चान्सलर शुल्जलाई सदैव साथ र सहयोग गर्ने वचन दिएकी छन् । नवनियुक्त चान्सलर शुल्जले पनि देश र जनताको हितमा काम गर्ने बताएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ८ : ३० बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक