कांग्रेसको संस्थापन इतर समूहको बैठक जारी « Khabarhub

कांग्रेसको संस्थापन इतर समूहको बैठक जारी


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – १४औँ महाधिवेशनका लागि सभापतिको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक जारी छ ।

बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा जारी बैठकमा पौडेल पक्षका निवर्तमान जिल्ला सभापति, वर्तमान जिल्ला सभापति, केन्द्रिय सदस्यलगायत शीर्ष नेताहरुबिच छलफल भइरहेको छ ।

साझा सभापतिको टुङ्गो लगाउन अन्य नेताहरुलाई जिम्मा दिएर वरिष्ठ नेता रामचन्द्र पौडेल बैठेक बाहिरिएका छन् ।

संस्थापन पक्षबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा भिड्ने भएपछि इतर समूह साझा उम्मेदवार टुंगाउन लागेको हो ।

पछिल्लो तीन दिनदेखि दुबै समूहमा औपचारिक छलफल भइरहे पनि अझै सभापतिका लागि साझा उम्मेदवारको टुंगो लागेको छैन ।

केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा शेखर कोइरालाले सभापतिमा आफ्नो अडान कायमै राखेका छन्। वरिष्ठ नेता पौडेल र महामन्त्री डा शशांक कोइरालाले इतरपक्षबाट एक जना मात्रै उम्मेदवार भए आफू पछि हट्न सक्ने बताएका छन्।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १० : ५९ बजे

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको