सभापतिको उम्मेदवार तय गर्न  देउवा पक्ष र पौडेल पक्षको अलग-अलग बैठक « Khabarhub

सभापतिको उम्मेदवार तय गर्न  देउवा पक्ष र पौडेल पक्षको अलग-अलग बैठक


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन उदघाटन हुन अब दुई दिन मात्र बाँकी छ । त्यसैले कांग्रेसको संस्थापन र इतर समूह सभापतिसहितको प्यानल बनाउन जुटेका छन् ।

बुधबार दुवै समूह बैठकमा जुटेका छन् । संस्थापन पक्षको बैठक पार्टी सभापति एवं प्रधानमन्त्री निवास बुढानिलकण्ठमा बसिरहेको छ भने पौडेल समूहको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी छ ।

केहीबेर अघि सुरु बैठकमा नेताहरू चन्द्र भण्डारी, जीवन परियार र डा.रामशरण महत, जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति, प्रदेश सभापति, प्रदेशमा उम्मेदवार बनेकाहरू र केन्द्रीय सदस्यहरू सहभागी छन् । सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा सहभागी थिए । तर, चार आकांक्षीमध्ये कोही पनि बैठकमा नबस्ने भनेपछि पौडेल पनि बाहिरिएका छन् । बैठकले छलफल गरेर आकांक्षीहरूलाई सुझाव दिनेछन् ।

मंगलबार नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा पाँच घन्टासम्म बसेको बैठकले बुधबारसम्म सभापतिके साझा उम्मेदवार तय गर्ने भन्दै टुंगिएको थियो । बैठकमा सभापतिमध्येका एक आकांक्षी डा.शशांक कोइरालाले नेता पौडेलका लागि आफूले सभापतिमा गरेको दाबी छाड्ने बताएका थिए । तर, प्रकाशमान सिंह र डा.शेखर कोइराला भने आ–आफ्नो अडानबाट टसमस भएका छैनन् ।

उता, संस्थापन पक्षको बैठक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुढानिलकण्ठमा बसिरहेको छ । देउवाले आज आफ्नो पक्षको पदाधिकारीको टुंगो लगाउने गरी बैठक राखेका छन् ।

देउवा पक्षमा पनि पदाधिकारी टुंग्याउन निकै सकस छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीका आकांक्षी धेरै भएकाले देउवा तनावमा छन् । तर यो बैठकमा नेता विमलेन्द्र निधीलाई भने डाकिएको छैन ।

 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ११ : ३३ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको