पौडेल पक्षमा साझा उम्मेदवार चयन गर्न सकस, चाक्सीबारीमा आजै अर्को बैठक बस्ने | Khabarhub Khabarhub

पौडेल पक्षमा साझा उम्मेदवार चयन गर्न सकस, चाक्सीबारीमा आजै अर्को बैठक बस्ने


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवार चयन गर्न सकस भएको छ ।

साझा उम्मेदवार चयन गर्न भन्दै बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको पौडेल पक्षको बैठक निष्कर्षविहिन टुंगिएको छ ।

सभापतिका आकांक्षीबिना बसेको बैठकले पनि साझा उम्मेदवार टुंग्याउन नसकेको हो ।  सवा १ बजे सकिएको बैठकमा नेताहरू चन्द्र भण्डारी, जीवन परियार र डा.रामशरण महत, जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति, प्रदेश सभापति, प्रदेशमा उम्मेदवार बनेकाहरू र केन्द्रीय सदस्यहरू सहभागी थिए ।  तर उनीहरूबीच पनि साझा उम्मेदवार को हुने भन्नेमा एकमत नभएको एक नेताले बताए ।

बैठकले साझा उम्मेदवार नटुंग्याएपछि आज अपराह्न ३ बजे नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बस्ने गरी टुंगिएको छ । ३ बजेको बैठकमा सभापतिका आकांक्षी र केन्द्रीय सदस्यबीच छलफल हुने बताइएको छ ।

यसअघि बुधबार सिंहनिवासमा नै बसेको बैठकले  सभापतिको साझा उम्मेदवार तय गर्ने निचोड निकालेको थियो थियो ।

बैठकमा सभापतिमध्येका एक आकांक्षी डा.शशांक कोइरालाले नेता पौडेलका लागि आफूले सभापतिमा गरेको दाबी छाड्ने बताएका थिए । तर, प्रकाशमान सिंह र डा.शेखर कोइराला भने आ–आफ्नो अडानबाट टसमस भएका छैनन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १ : २६ बजे

दुर्गा प्रसाईंका दुई रिट एकैदिन खारेज, अब हिरासतमै राखेर ऋण असुली

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विभिन्न अदालतमा हालेका दुई

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नेपाल आइपुग्यो 

काठमाडौं– पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस

त्रिविको जग्गा सरकार मातहात ल्याइन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री एवम त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले

जुम्लाको बड्कीमा पक्की स्वास्थ्यचौकी भवन निर्माण

जुम्ला– हिमा गाउँपालिका–१ स्थित बड्की गाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण

‘नेपाल–चाइना सांस्कृति शिखर सम्मेलनले सम्बन्ध बलियो बनाउँछ’

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको