कस्तो अवस्थामा प्रयोग गर्ने आकस्मिक गर्भ निरोधक चक्की ? « Khabarhub

कस्तो अवस्थामा प्रयोग गर्ने आकस्मिक गर्भ निरोधक चक्की ?


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आकस्मिक गर्भ निरोधक भन्नाले असुरक्षित यानै सम्पर्क भएपछि गर्भवती हुनबाट बच्नका लागि मात्र प्रयोग गर्ने साधन हो । नेपालमा ३ किसिमका आकस्मिक गर्भ निरोधका चक्कीको प्रयोग हुने गरेको छ ।

मिश्रित खाने चक्की

असुरक्षित यौन सम्पर्क भएको १ सय २० घण्टाभित्र प्रयोग गर्नुपर्छ । पहलिो ४ चक्की खाने र पहिहलोपटक प्रयोग गरेको १२ घण्टापछि पुनः थप ४ चक्की खानुपर्छ । यो चक्कीको प्रयोग गरेमा गर्भवती हुने सम्भावना २ प्रतिशत मात्रै रहन्छ ।

प्रोजेस्टिन मात्र भएको खाने चक्की

असुरक्षित यौन सम्पर्क भएको १ सय २० घण्टा भित्र १ चक्की खानुपर्छ । पहिलो चक्की प्रयोग गरेको १२ घण्टापछि अर्को १ चक्की प्रयोग गर्ने ।

आईयुसिडी

असुरक्षित यौन सम्पर्क भएको ५ दिनभित्रै लगाउनु पर्छ ।

कस्तो अवस्थामा प्रयोग गर्ने ?

– गर्भनिरोधका कुनै पनि विधि नअपनाएको अवस्थामा असुरक्षित यौन सम्पर्क भएमा,

–साधन गलत तरिकाले प्रयोग गरेको अवस्थमा,

– कण्डम फुटेमा वा आफै फुस्केमा,

– योनी बाहिर वीर्य स्खलन गराउन असफल भएमा,

–संभोग कार्य गर्न नहुने अवधिको गणना गर्न गल्ती गरेमा,

–भ्यासेक्टोमी प्रभावकारी हुनुभन्दा पहिले असुरक्षित यौन सम्पर्क भएमा,

– महिला यौन दुराचारको शिकार भएको अवस्थामा ।

स्तनपान गराइरहेकी आमाले गर्भ निरोधको उपायका रुपमा कुनैपनि विधिहरु नअपनाएको अवस्थामा गर्भवती हुने खतरा भएमा आकस्मिक गर्भ निरोधको साधन प्रयोग गर्न सक्छन् ।

आकस्मिक गर्भ निरोधका साधनले हुने असरहरु

आकस्मिक गर्भ निरोधका साधन प्रयोग गर्ने महिलालाई गर्भ निरोधको चक्की प्रयोग गरेको २ दिनसम्म रगत देखा पर्ने तथा महिनावारीमा गडबडी हुनसक्छ ।

आकस्मिक गर्भ निरोधको चक्की असर यस्ता छन्

–पेट दुख्ने,

–वाकवाकी लाग्ने,

–थकाई लाग्ने,

–टाउको दुख्ने,

–स्तनमा छुदा दुख्ने,

–रिङ्गाटा लाग्ने,

आकस्मिक गर्भ निरोधका साधन प्रयोग गर्ने महिलाहरुको ३ वा ४ हप्तामा महिनावारी हुनसक्छ । यदी सो अवधिमा महिनावारी नभएमा चिकित्सकको परार्मश लिइ गर्भको परीक्षण गराउनुपर्छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ८ : ४४ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै