लागूऔषध ओसारपसारमा नयाँ शैली : किताबमा खोपा बनाएर ल्याइयो | Khabarhub Khabarhub

लागूऔषध ओसारपसारमा नयाँ शैली : किताबमा खोपा बनाएर ल्याइयो


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– २३ साउनमा लागूऔषध ओसारपसारको एउटा घटनाले प्रहरीलाई अचम्मित बनायो । साधरणतया लागूऔषध ओसारपसार गर्नेले जीउ वा अन्य कुनै ठाउँमा लुकाएर ल्याउँछ । तर, २३ साउनमा झापामा दुई महिलाले योनीभित्र लुकाएर लागूऔषध ल्याएका थिए । नेपाल–भारत सीमास्थित गौरीगञ्जबाट ४४ ग्राम ब्राउनसुगरसहित दमक १ की २४ वर्षीया मञ्जु धिमाल र २५ वर्षीया विमला धिमाललाई प्रहरीले पक्राउ गरेको थियो । ९ बजे रातको समयमा प्रहरीले उनीहरूलाई नाकामा फेला पारेको थियो ।

उनीहरूले लागूऔषध ल्याएको सूचना पाएपछि प्रहरीले शरीरका सम्पूर्ण भागमा खोज्दा पनि लागूऔषध भेटिएन । तर, मञ्जुले आफ्नो यौनीभित्र प्लास्टिकमा ब्राउनसुगर राखेर नेपाल भित्र्याउने प्रयासले प्रहरीलाई अचम्मित बनायो । लागूऔषध ओसारपसारमा यो प्रहरीका लागि नयाँ शैली थियो ।

मंगलबार राति लागूऔषध ओसारपसारमा संलग्न एक जनालाई पक्राउ गर्दा प्रहरी फेरि अचम्मित भएको छ । सीमामा प्रहरीले कडाइ गरेपछि कारोबारीमा संलग्नले अर्को नयाँ शैली अपनाएका छन् । पुस्तकको भित्री भागमा खोपेर एक जनाले लागूऔषध ल्याउँदै गर्दा पूर्वीनाकाबाट इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको हो ।

२३ ग्राम ब्राउन सुगरसहित सल्यान बनगाउँ १ का ३० वर्षीय रमेश डिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए । ‘हेर्दा किताब छ । किताबमा ल्याएपछि पढ्ने मान्छे रहेछ भन्ने हुन्छ । खासै जाँच हुँदैन भनेर ल्याएको रहेछ,’ उनले भने, ‘तर, हामीलाई शंका लागेर हेर्दा लागूऔषध रहेछ । लागूऔषध ओसारपसारमा यस्तो शैली पहिलो हो । विगतमा मलद्वार र शरीरका विभिन्न भागमा राखेर त ल्याएको पाएका थियौं ।’

डिसीले कक्षा ११ को अर्थशास्त्रको किताबमा हालेर लागूऔषध ल्याएको प्रहरीले जनाएको छ । लागूऔषध ओसारपसारमा संलग्नले नयाँनयाँ शैली अपनाउँदा प्रहरीलाई नियन्त्रणमा कठिनाइ भएको छ

भारतसँग १४४ किलोमिटर खुला सीमा भएको झापा प्रहरीका लागि मुख्य चुनौती लागूऔषधको ओसारपसार नियन्त्रण बन्ने गरेको छ। भारतीय बजारमा सहजै लागूऔषध पाइँदा ओसारपसारमा संलग्नले प्रहरीको आँखा छलेर ल्याउने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तमा मात्र लागूऔषध कारोबार र ओसारपसारमा संलग्न ९९ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाइएको छ । गत आर्थिक वर्ष २०७७–०७८ मा लागूऔषध प्रयोग, ओसारपसार र कारोबारमा संलग्न ३११ जनालाई पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ८ : १० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर