पौडेल समूहमा साझा उम्मेदवारको सकस, फेरि छलफलमा जुट्ने   | Khabarhub Khabarhub

पौडेल समूहमा साझा उम्मेदवारको सकस, फेरि छलफलमा जुट्ने  


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली कांग्रेसको संस्थापनइतरका केन्द्रीय सदस्यहरूको बैठक सकिएको छ ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहीबार बिहान ८ बजेदेखि  ३ घण्टा बसेको बैठक पनि निष्कर्षविहिन भएको छ ।  बैठकले सभापतिको साझा उम्मेदवार तय गर्न नसकेपछि नेताहरू आफ्नो समूहबाट एकल उम्मेदवार तय हुन्छ भन्दै हिँडेका छन् ।

इतर समूहले केही दिनयता सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयास जारी राखेको छ । मंगलबार र बुधबार लगातार छलफल गरे पनि आकांक्षीहरूबीच सहमति जुट्न सकेको छैन ।

वरिष्ठ नेता रामचन्द्र पौडैलसहित शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला इतरपक्षबाट सभापतिका आकांक्षी छन् । यद्यपि महामन्त्री शशांक कोइरालाले मंगलबारको बैठकमै पौडेलका लागि सभापतिमा आफूले दाबी छाड्ने बताइसकेका छन् । तर, त्यसका लागि प्रकाशमान र शेखरबीच सहमति हुनुपर्ने उनको अडान छ ।

आजको बैठकमा सभापतिका अर्का आकांक्षी शेखर पनि साझा उम्मेदवार घोषणा गर्ने विषयमा लचक भएका छन् । उनले बैठकमा प्रकाशमान सिंहले माने आफू रामचन्द्र पौडेललाई मान्न तयार रहेको संकेत गरेको बैठकमा सहभागी एक नेताले बताए ।

तर,प्रकाशमान भने कुनै पनि हालतमा सभापतिको उम्मेदवार बन्ने अडानमा छन् । उनले गणेशमान सिंह परिवारले कांग्रेसमा जहिले पनि त्याग गरेको भन्दै यसपटक अरुले आफ्ना लागि छाड्नुपर्ने बताइसकेका छन् ।

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ११ : ४८ बजे

प्रधानमन्त्रीले सम्बोधन गर्ने आजको बैठक पनि अवरोध गर्ने रास्वपाको निर्णय

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आज (शनिबार)

गाउँपालिकाको लगानीले एसईई नतिजामा सुधार

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका– ६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालय गत

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि

महिलाहरूलाई उद्यमी बनाउन सीप विकास केन्द्र निर्माण

झापा– ग्रामीण क्षेत्रका महिलाहरूलाई सीप सिकाएर उद्यमशीलता बनाउने लक्ष्यका साथ

असार तेस्रो साताभित्रै भुक्तानी माग गर्न अनुरोध

पर्सा– पूर्वाधार विकास कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१–०८२ मा