बिपी कोइरालाका केही अमर वाणीहरू « Khabarhub

बिपी कोइरालाका केही अमर वाणीहरू


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१) राणा शासकहरूले नेपाललाई कहिल्यै स्वदेश भनेर स्वीकार गरेनन् । नेपालमा राणाद्वारा गरिएको चरम शोषण त विदेशको कुनै सरकारले समेत गरेको पाइएको छैन ।

२) अहिले नेपालमा पैसाको ठुलो ढुकुटी भएका शासक वर्ग र प्रतिदिन लुटिएका गरिब प्रजा गरी दुई आर्थिक वर्ग मात्र छन् । मध्यम वर्ग प्रतिदिन गरिब वर्गमा बदलिँदै छ ।

३) स्वेच्छाचारी शासनको जाँतो नपिसिएको भए विद्यमान साधनको आडमा आज संसारको कुनै पनि प्रगतिशील देशको दाँजोको नेपाल पछि पर्ने थिएन।

४) जनताको वास्तविक हित कोरा राजनीतिक परिवर्तनले नै हुनेछ ।

५) हाम्रो सम्पूर्ण विदेश नीतिको आधार विश्वशान्ति नै हुनेछ ।

६) जात र सम्प्रदायमा हिंसाको भावना जगाएर, विरोधको भावना ल्याएर देशमा अशान्ति मच्चाएर सरकार फेर्ने प्रयत्न गरियो भने प्रजातन्त्रको स्थापना कहिल्यै हुँदैन ।

७) जोस नभएको व्यक्ति मुर्दा तुल्य हुन्छ तर बढी जोस आउन दिनुहुन्न ।

८) नेपाली काँग्रेसले स्पष्टसँग भन्नुपर्छ कि हाम्रो संस्था किसानको हित गर्ने संस्था हो हामीले आफ्नो संस्थालाई बलियो बनाउनु छ भने देशमा जुन वर्गको प्राधान्य छ, आफ्नो संस्थालाई त्यसैको प्रतिनिधि संस्था बनाउनुपर्छ ।

९) खेतीपाती नै नगरी बाँझो राखिएका निजी तथा सरकारी जमिनमा सुकुम्वासी किसानलाई बसाएर खेती गराउने सिद्धान्तलाई व्यावहारिक रूप लिन त्यति कठिन छैन ।

साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : ३१ बजे

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम

तेह्रथुम– अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा तथा सामाजिक पुनः स्थापनामा

आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता

टोकियो– जापानले सन् १९४५ को आणविक बम आक्रमणको वार्षिकोत्सव मनाइरहेका

सुनको मूल्यले ३ लाख नाघ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– सुनको मूल्य आज ३ लाखमाथि पुगेको छ । आइतबारको कारोबारमा

आदिवासी जनजातिको पहिचान र संस्कृति नेपालको गौरव हो : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात्