बिपी कोइरालाका केही अमर वाणीहरू | Khabarhub Khabarhub

बिपी कोइरालाका केही अमर वाणीहरू


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१) राणा शासकहरूले नेपाललाई कहिल्यै स्वदेश भनेर स्वीकार गरेनन् । नेपालमा राणाद्वारा गरिएको चरम शोषण त विदेशको कुनै सरकारले समेत गरेको पाइएको छैन ।

२) अहिले नेपालमा पैसाको ठुलो ढुकुटी भएका शासक वर्ग र प्रतिदिन लुटिएका गरिब प्रजा गरी दुई आर्थिक वर्ग मात्र छन् । मध्यम वर्ग प्रतिदिन गरिब वर्गमा बदलिँदै छ ।

३) स्वेच्छाचारी शासनको जाँतो नपिसिएको भए विद्यमान साधनको आडमा आज संसारको कुनै पनि प्रगतिशील देशको दाँजोको नेपाल पछि पर्ने थिएन।

४) जनताको वास्तविक हित कोरा राजनीतिक परिवर्तनले नै हुनेछ ।

५) हाम्रो सम्पूर्ण विदेश नीतिको आधार विश्वशान्ति नै हुनेछ ।

६) जात र सम्प्रदायमा हिंसाको भावना जगाएर, विरोधको भावना ल्याएर देशमा अशान्ति मच्चाएर सरकार फेर्ने प्रयत्न गरियो भने प्रजातन्त्रको स्थापना कहिल्यै हुँदैन ।

७) जोस नभएको व्यक्ति मुर्दा तुल्य हुन्छ तर बढी जोस आउन दिनुहुन्न ।

८) नेपाली काँग्रेसले स्पष्टसँग भन्नुपर्छ कि हाम्रो संस्था किसानको हित गर्ने संस्था हो हामीले आफ्नो संस्थालाई बलियो बनाउनु छ भने देशमा जुन वर्गको प्राधान्य छ, आफ्नो संस्थालाई त्यसैको प्रतिनिधि संस्था बनाउनुपर्छ ।

९) खेतीपाती नै नगरी बाँझो राखिएका निजी तथा सरकारी जमिनमा सुकुम्वासी किसानलाई बसाएर खेती गराउने सिद्धान्तलाई व्यावहारिक रूप लिन त्यति कठिन छैन ।

साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : ३१ बजे

पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल

पोखरामा बन्यो भैरव मन्दिर

गण्डकी– काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव

हङकङ सुपर सिक्सेस : सन्दीप जोराको अर्धशतक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका सन्दीप जोराले

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

मुस्ताङ– कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा