लमजुङमा जीप दुर्घटना : तीन जनाको मृत्यु, ६ जना घाइते « Khabarhub

लमजुङमा जीप दुर्घटना : तीन जनाको मृत्यु, ६ जना घाइते


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङको मर्स्याङ्दी  गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

मर्स्याङ्दी  गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जीप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।

गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जीप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् ।

घाइते ६ जनालाई स्थानीय, प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याएका छन्  । – न्यूजकारखानाबाट

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  १ : ४१ बजे

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक