दलहरु खर्चिला भए : नरहरि आचार्य « Khabarhub

दलहरु खर्चिला भए : नरहरि आचार्य


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता नरहरि आचार्यले अहिले राजनीतिक दलहरुको सञ्चालन मितव्ययी हुन नसकेको बताएका छन् ।

बिहीबार काठमाडौँमा ‘नरहरि आचार्य जीवनको पाठशाला सम्झना र सम्बन्ध’ नामको पुस्तक सार्वजनिक एवं अन्तरसम्वाद कार्यक्रममा उनले केन्द्रीय निर्वाचनदेखि पार्टीको आन्तरिक निर्वाचनसम्म दलहरुको खर्च असिमित देखिएको र मितव्ययी हुन नसकेको बताए ।

उनले कांग्रेस पनि मितव्ययी हुन नसकेको भन्दै कांग्रेसको चाल पनि गतिलो नरहेको टिप्पणी गरे । उनले संविधानमा उल्लेख बिषयलाई आवश्यक कानून निर्माण गरेर कार्यान्वयनमा लैजानुपर्ने बताए ।

संघले प्रदेशका लागि बनाउनुपर्ने कानून पनि बनाउन नसक्नु दुखको बिषय रहेको उनको भनाइ छ । उनले संविधानले व्यवस्था गरेका अधिकारलाई कानून बनाएर लागू गर्नुपर्ने भन्दै त्यो अपूर्ण भए संविधान संशोधन गर्ने प्रावधान खुल्ला नै रहेको धारणा राखे । उक्त पुस्तक सांग्रीला बुक्सले प्रकाशन गरेको हो ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ८ : ३५ बजे

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर