महोत्तरी कांग्रेसमा विवाद, महाधिवेशनमा प्रतिनिधि बन्नबाट वञ्चित | Khabarhub Khabarhub

महोत्तरी कांग्रेसमा विवाद, महाधिवेशनमा प्रतिनिधि बन्नबाट वञ्चित


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी ३ मा नेपाली कांग्रेसको अधिवेशन हुन नसक्दा क्रियाशील सदस्यहरु महाधिवेशन केन्द्रीय प्रतिनिधि छनोट हुनबाट बञ्चित भएका छन् ।

संस्थापन इतरका विमलेन्द्र निधि र रामचन्द्र पौडेल पक्षबीच भएको विवादले उक्त क्षेत्रको अधिवेशन स्थगित भएको हो ।

बुधवार हुने भनिएको अधिवेशनमा निर्वाचनस्थल बारेको विवाद निष्कर्षमा पुग्न सकेको थिएन । एक पक्षले पिपरा नगरपालिकामा अधिवेशन हुनुपर्ने र अर्को पक्षले सदरमुकाम जलेश्वरमा हुनुपर्ने अडान राखेका कारण मतदान अधिकृत हेमबहादुर कार्की मतदान गराउन नसक्ने भन्दै हिँडेका थिए ।

पौडेल पक्षका नेता रामचन्द्र तिवारीका कारण अधिवेशन हुन नसकेको निधि पक्षका नेताहरुको आरोप छ । तर, निधि पक्षमा पनि टिम मिल्न नसकेका कारण समस्या देखिएको छ ।

उक्त क्षेत्रमा सभापतिका आकांक्षीमा मनोज झा, रागबेन्द्र झा र रामु यादव रहेका छन् । मनोज र रामु निधि पक्षका हुन् भने रागबेन्द्र पौडेल निकट हुन् ।

त्यसअघि मतदान अधिकृत धिरेन्द्र मण्डललाई अपहरण गरि जबरजस्ती उम्मेदवार निर्वाचित गराउन लागएको भन्दै कांग्रेसको निर्वाचन समितिले सम्पूर्ण प्रकृया खारेज गरेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ९ : ०५ बजे

बाजुरा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

धनगढी– बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको

प्रधानमन्त्रीद्वारा वृक्षारोपण महाअभियान शुभारम्भ (तस्बिरहरू)

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय वृक्षारोपण दिवसको

औद्योगिक क्षेत्र विस्तारमा कानुनी अड्चन प्रमुख बाधक : मन्त्री भण्डारी

धनगढी– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा औद्योगिक

रविको रिहाइका लागि राउटे मुखियाको ल्याप्चे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको रिहाइका

केही स्वार्थीहरूलाई मात्रै एमालेको महाधिवेशन लागेको हो : ओली

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले