सरकारले बालबालिकालाई विद्यालयमै गएर कोरोनाविरुद्धको खोप लगाइदिने « Khabarhub

सरकारले बालबालिकालाई विद्यालयमै गएर कोरोनाविरुद्धको खोप लगाइदिने


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

पुस ४ गतेदेखि १४ गतेसम्म ५७ जिल्लाका उक्त समूहका करिब १८ लाख बालबालिकालाई विद्यालयमै खोप लागउने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । माघ २ देखि १२ सम्म दोस्रो चरणको खोप अभियान सञ्चालन हुने जनाइएको छ ।

त्यसका लागि जिल्ला शिक्षा कार्यालय र विद्यालहरुसँग समन्वय गरेर विद्यालय र उक्न उमेर समूहका विद्यार्थी संख्याबारे तथ्यांक संकलन थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार यसअघि फाइजर खोप सञ्चालन भइसकेका १९ जिल्लाबाहेक सबैमा मोडर्ना खोप दिइने छ । स्वास्थ्य मन्त्रालयका अनुसार १६ लाख ७८ हजार डोज मोर्डना खोप आइसकेको छ ।

यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइसकेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ९ : ४० बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान