टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ? « Khabarhub

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले टिमुरे बजार बगाएको २० मिनेटपछि संघीय सरकारलाई खबर आइपुगेको प्रधानमन्त्री वालेन्द्र शाहले संसद्लाई जनाकारी गराएका छन् ।

रसुवा बाढीले गरेको क्षति र उद्धारबारे जानकारी दिने क्रममा प्रधानमन्त्री शाहले भदौ १० गते बिहान ८ : ४५ बजेबाट सरकारले गरेका कामको फेहरिस्त सुनाएका हुन् । गत बुधबार नै संसद्‍मा उभिएर जवाफ दिन तयार भएको अवस्थामा भोटेकोशी बाढीले वालेन्द्रको सम्बोधन रोकिएको थियो।

बाढीको जानकारी पाउनेबित्तिकै संघीय सरकार एक्सनमा उत्रिएको वालेन्द्रको आशय थियो । उनले ८ : ४५ मा सरकारबाट पहिलो कदमस्वरुप जिल्ला विपद् व्यवस्थापन समितिबाट ब्रिफिङ लिने काम भएको जानकारी दिए । त्यसलगत्तै उनले सतकर्तता अपनाउन निर्देशन दिएको दाबी गरे ।

बुधबार बिहान ८ : १५ देखि ८ : २० को समयमा रसुवाको टिमुरे बजार बगिसकेको थियो । ‘त्यसपछिको दुई घण्टामा के के भए ?’ यही सुरुवाती क्षणको निर्णय र सक्रियताले उद्धार तथा क्षति नियन्त्रण प्रभावकारी बन्ने हो । प्रधानमन्त्री शाहले भने सरकारले यतिसम्म गरेको संसदलाई जानकारी गराए :

भदौ १० गते बिहान

८ : ४५ – जिल्ला विपद् व्यवस्थापन समितिबाट ब्रिफिङ लियौँ, सतर्कता अपनाउन निर्देशन दियौँ ।
९ : ०० – जिल्ला प्रशासनमार्फत् तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा जान आग्रह गरियो ।
९ : १५ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बोलाइयो । उद्धारबारे निर्णय भयो।
९ : ३५ – प्रभावित क्षेत्रका जनतामा सतर्कता सन्देश पठाइयो ।
९ : ४५ – उद्धारका लागि सेनाको पहिलो हेलिकोप्टर उड्यो । निजी हेलिकोप्टर पनि तयारी अवस्थामा थिए ।
१० : ०० – नेपाली सेनाको मनसुन कमान्ड पोस्टको आकस्मिक बैठक बस्यो । उद्धार, खोज र स्रोत परिचालनको निर्णय भयो ।
१० : १५ – विमानस्थलमा इमर्जेन्सी सर्च एण्ड रेस्क्यू तथा इमर्जेन्सी रेस्पोन्स टिम तयारी राख्यौं । सबै सुरक्षा निकायलाई उद्धारमा खटायौं ।
११ : ०० – विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्यो ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  १ : ५८ बजे

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन

रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै !

एजेन्सी– रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य

सूचना ढिलो प्रवाहबारे प्रधानमन्त्रीको इन्कार : फिल्डमा रहेका सुरक्षाकर्मी नै बाढीमा बगे

काठमाडौं – रसुवा बाढीबारे ‘स्थानीयलाई सरकारले ढिलो सूचना प्रवाह गरेकाले

प्रचण्डले सुनाए विगतका विपद्का घटना, भने- ‘विगतबाट पाठ सिक्न जरुरी छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विगतमा भएका