अनामनगर विस्फोटका घाइते विप्लव निकट विद्यार्थीका त्रिचन्द्र क्याम्पस अध्यक्ष « Khabarhub

अनामनगर विस्फोटका घाइते विप्लव निकट विद्यार्थीका त्रिचन्द्र क्याम्पस अध्यक्ष


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी काठमाडौंका २ ठाउँमा भएका छुट्टा–छुट्टै विस्फोटमा आइतबार ३ जनाको मृत्यु भएको छ ।

बुढानीलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक सैलुन पसलमा भएको विस्फोटमा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा काभ्रे घर भइ कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जन छन् ।

प्रहरीका अनुसार नाम नखुलेको सैलुन पसलमा विस्फोट हुँदा १ जनाको घटनास्थलमै र अर्का एकको उपचारका क्रममा चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएको हो ।

यस्तै अनमानगर (घट्टेकुलो) क्षेत्रको संगम गल्लीमा भएको विस्फोटमा १ जनाको मृत्यु भएको छ । घट्टेकुलोमा भएको विस्फोटमा मृत्यु हुनेको पहिचान खुल्न बाँकी छ ।

घट्टेकुलोको विस्फोटमा घाइते भएका १ जनाको भने पहिचान खुलेको छ । प्रहरीका अनुसार रुकुमको सानोभेरी गाउँपालिका घर भएका २६ वर्षीय रविन केसी घाइते छन् । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

विस्फोटमा विप्लव समूहको हात !
प्रहरीका अनुसार अनामनगरको संगम गल्लीमा भएको विस्फोटमा नेत्रबिक्रम चन्द (विप्लव) समूहको संलग्नता छ । प्रहरीका कारबाहीका क्रममा भोजपुरमा गोली लागि आफ्ना कार्यकर्ताको मृत्यु भएको विरोधमा विप्लव समूहले (सोमबार) नेपाल बन्द आह्वान गरेको छ ।

घट्टेकुलोमा विस्फोट भएको स्थानबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोमबार आह्वान गरेको बन्दको विषयमा पर्चा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका केन्द्री प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले विस्फोट भएको स्थानबाट विप्लव समूहको पर्चा भेटिएको बताए ।

‘विस्फोट भएको स्थानबाट विप्लव समूहको पर्चा भेटिएको छ,’ डिआईजी पोखरेलले खबहबले भने, ‘अहिले अनुसन्धान जारी छ ।’

घट्टेकुलोको विस्फोटमा घाइते भएका केसी विप्लव निकट विद्यार्थी संगठनको त्रिचन्द्र क्याम्पसका अध्यक्ष रहेको भन्ने जानकारी आएको प्रहरीले जनाएको छ ।

‘अनामनगरमा घाइते भएका एक जना विप्लवका विद्यार्थी नेता भएको पाइएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।

केसीलाई दुई महिना अघि पनि प्रहरीले त्रिचन्द्र क्याम्पसबाट गिरफ्तार गरेर पछि छोडेको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ६ : ४२ बजे

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

आईपीएल : कूपर कोनोलीको विष्फोटक ब्याटिङमा पञ्जाबको सहज जित

काठमाडौँ – अस्ट्रेलियाली युवा खेलाडी कूपर कोनोलीको उत्कृष्ट प्रदर्शनको मद्दतले

ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको

वृद्धमाथि अभद्र व्यवहार गर्ने पक्राउ परेपछि गृहमन्त्रीले भेटेर भने– ‘म निदाउनै सकिनँ’

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर