उम्मेदवार टुंगो लगाउन कांग्रेस संस्थापन इतरको बैठक जारी | Khabarhub Khabarhub

उम्मेदवार टुंगो लगाउन कांग्रेस संस्थापन इतरको बैठक जारी


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठक जारी छ । काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा शुक्रबार साँझ बैठक बसिरहेको छ।

महाधिवेशनको उद्घाटन सकिएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु बत्तिसपुतली पुगेका हुन् ।

महाधिवेशनमा साझा उम्मेदवार चयनका लागि उनीहरु छलफलमा जुटेका हुन् । उक्त बैठकमा सभापतिका दाबेदारहरु सबै सहभागी रहेको बताइएको छ।

इतर पक्षमा चार जना सभापतिका आकांक्षी रहेका छन् । रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहले दाबेदारी प्रस्तुत गरिरहँदा इतर पक्षले सभापतिको टुंगो लगाउन सकेको छैन ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ८ : ५० बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा