महामन्त्री खड्का प्रतिवेदन वाचन गर्दै, प्रतिनिधिहरू गफमा व्यस्त « Khabarhub

महामन्त्री खड्का प्रतिवेदन वाचन गर्दै, प्रतिनिधिहरू गफमा व्यस्त


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस बन्दसत्रको दृश्य अव्यवस्थित देखिएको छ । बन्दसत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन् ।

यतिबेला महमहामन्त्री पूर्णबहादुर खड्काले महामन्त्रीको प्रतिवेदन बाचन गरिरहेका छन् । प्रतिवेदन सुन्नमा कसैको ध्यान छैन ।

उम्मेदवार बन्दसत्र भित्रै प्रचार गरिरेहका छन् भने प्रतिनिधि उम्मेदवारसँग गफ गर्न व्यस्त छन् । मञ्चमा सभापति शेरबहादुर देउवा प्रतिवेदन हेरिरहेका छन् भने अरू नेता साइड गफ गरिरहेका देखिन्छन् ।

प्रतिवेदन उपसभापति विमलेन्द्र निधि, विजय गच्छदार र नेता सुनिल थापाले सुनिरहेका छन् ।

बन्दसत्रमा नेता पौडेलसँगै प्रकाशमान सिंह र शेखर कोइराला पनि अनुपस्थित रहेका छन् । बन्दसत्रमा कृष्ण सिटौला पनि उपस्थित छैनन् । उनको टिमका प्रदिप पौडेल भने बन्दसत्रमा उपस्थित रहेका छन् ।

पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि बत्तिसपुतली स्थित अनुपम फुड ल्याण्डमा छलफलमा रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १० : १५ बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा