नेपालबाट युएई जानेलाई नेपाली भाषामै प्रशिक्षण दिन राजदूत ढकालको सुझाव « Khabarhub

नेपालबाट युएई जानेलाई नेपाली भाषामै प्रशिक्षण दिन राजदूत ढकालको सुझाव



दोहा – नेपालबाट युनाइटेड अरब इमिरेट्स (युएई) आउने नेपालीलाई नेपाली भाषामै प्रशिक्षण दिन कम्पनीहरूलाई यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको सुझाव दिएका छन् ।

बैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ कार्यरत रहेका नेपाली नागरिकको हकहित सुनिश्चित गर्ने एवम् सुरक्षित कार्य वातावरण निर्माण गर्ने सम्बन्धमा युएईका सम्बन्धित कम्पनीका प्रतिनिधिहरूसँग अबुधाबीस्थित नेपाली दूतावासले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रम राजदूत ढकालले यस्तो सुझाव दिएका हुन् ।

युएईमा रोजगारीमा आउने नेपाली नागरिकको हकहितको सुरक्षा एवम् प्रवर्द्धन गर्न नेपाली दूतावास सदैव सक्रिय रहेको उल्लेख गर्दै रोजगारदाता कम्पनी र दूतावासबिच नियमित छलफल तथा समन्वय हुन् उपयुक्त हुने उनले बताए ।

उनले नेपालबाट आउने नागरिकलाई नेपाली भाषामै प्रशिक्षण दिनसमेत कम्पनीहरूलाई सुझावसमेत दिएका छन् ।

कार्यक्रममा सहभागी प्रतिनिधिहरूले नेपालबाट वैदेशिक रोजगारीमा आउँदा कम्पनीले बेहोर्ने खर्चका अतिरिक्त ठुलो रकम तिरेर नेपालीहरू आएको भेटिएको बताउँदै यस्तो अनावश्यक आर्थिक व्ययभार रोक्न पहल गर्नुपर्ने सुझाव दिएका थिए।

नेपाली कामदारहरू लगनशील, इमानदार र परिश्रमी रहेको उल्लेख गर्दै यस्ता कामदारलाई प्रस्थानअघि आवश्यक तालिम प्रदान गरिनुपर्नेमा जोड दिएका थिए।

सहभागीहरूले समयमा तलब पाउने, तोकिएको बिदा दिनेलगायत सम्झौता पत्रमा उल्लेख गरिए अनुरूपका सेवा-सुविधा उपभोग गर्ने विषयमा सबैले जोड दिनुपर्ने बताएका थिए। साथै, दूतावासबाट गरिने माग प्रमाणीकरण तथा भिसा प्रमाणीकरणको कार्य अनलाइन प्रणालीमार्फत गर्नुपर्ने उनीहरूको सुझाव थियो।

उक्त कार्यक्रममा मिनिस्टर काउन्सेलर विशाल भट्टराईले सुरक्षित वैदेशिक रोजगारको लागि नेपाल सरकारले गरेका प्रयासहरूको बारेमा जानकारी गराउँदै युएई आउने नेपाली नागरिकको सुरक्षा तथा सेवा सुविधाका विषयमा दूतावास क्रियाशील रहेको बताए ।

श्रम काउन्सेलर निर्मला थापाले कामदारको भर्ना प्रक्रिया, नेपाली नागरिकले कम्पनीबाट पाउने सेवा सुविधा, काम गर्दा आइपर्ने कठिनाइलगायत नेपाली दूतावासबाट सम्पादन गरिने कामका विषयमा द्विपक्षीय साझेदारी आवश्यक रहेकोले यस अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको बताउँदै आगामी दिनमा यस्तै प्रकृतिका कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

उक्त कार्यक्रममा युएईस्थित विभिन्न रोजगारदाता कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : ०० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल