देउवालाई सिटौलापछि श्रेष्ठको साथ, पौडेल इतरको साझा उम्मेदवार होलान् ? « Khabarhub

देउवालाई सिटौलापछि श्रेष्ठको साथ, पौडेल इतरको साझा उम्मेदवार होलान् ?


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार बन्न नसकिरहेका बेला सभापति शेरबहादुर देउवालाई एक पछि अर्कोसाथ थपिँदै गएको छ ।

नेता कृष्णप्रसाद सिटौलाको साथ पाएका देउवालाई सभापतिका अर्का आकांक्षी गोपालमान श्रेष्ठले पनि साथ दिने बताएका छन् । देउवा समूहमा रहेका उपसभापति विमलेन्द्र निधी सभापतिमा अघि सर्दा श्रेष्ठले पनि सभापतिमा दाबेदारी प्रस्तुत गरेका थिए । तर, निधी देउवा समूहमा नरहेर छुट्टै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । दिउँसो तीन बजे आफूले उम्मेदवारी दर्ता गर्ने निधीले जानकारी दिएका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संस्थापन इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बन्ने सम्भावना अहिलेसम्म पनि देखिएको छैन । १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका पौडेल १४औँ महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार भएर हारको बदला लिने रणनीतिमा थिए । तर सभापतिमा सहमति नजुटे पौडेल यो दौडबाट बाहिरिने मनस्थितीमा रहेको बताइएको छ ।

तर, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले सभापतिमा दाबी नछाडेपछि पौडेल तनाबमा छन् । यद्यपि अन्तिम प्रयास स्वरुप अहिले पनि वार्ता जारी छ ।

शुक्रबारबाट सुरु भएको कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मनोनयन दर्ताको कार्यतालिका छ । निर्वाचन सोमबार हुनेछ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १० : ११ बजे

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन