कांग्रेस महाधिवेशन अपडेट : एक सभापतिसहित ३१ जनाको उम्मेदवारी दर्ता | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन अपडेट : एक सभापतिसहित ३१ जनाको उम्मेदवारी दर्ता


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा शनिबार २ बजेसम्म सभापति पदमा एक जनासहित ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन समितिका अनुसार शनिबार उम्मेदवारहरूले दिनभर मनोनयन दर्ता गर्न पाउनेछन् । सभापति पदमा कल्याण गुरुङले उम्मेदवारी गराएका छन् भने दुई उपसभापति र दुई महामन्त्रीका लागि हालसम्म कसैको उम्मेदवारी परेको छैन ।

आठ सहमहामन्त्रीका लागि भने हालसम्म मानबहादुर विक, बद्री पाण्डे र फरमुल्ला मन्सुरले उम्मेदवारी दर्ता गरेका छन् । उनीहरुले क्रमशः दलित, पिछडिएको क्षेत्र र मुसलमान कलस्टरबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

खुलातर्फ ३५ केन्द्रीय सस्दयमा हालसम्म मदनबहादुर अमात्य, लक्ष्मणबहादुर बस्नेत, जिपछिङ लामा, तरुण दलका अध्यक्षसमेत रहेका जितजंग बस्नेत र रवीन्द्रमान श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

दलित कलस्टरका नौ केन्द्रीय सदस्य पदमा सुजाता परियार, अमरबहादुर बराइली, मैकलाल बाल्मिकी र पवित्रा विश्वकर्माले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

मधेशी कलस्टरबाट नौ पदमा सकलदेव सुतियार, अनितकुमार झा, अञ्जनीकुमार झा, अजय द्विवेदी र मिथिलेश मिश्रले उम्मेदवारी दर्ता गरेका छन् ।

सात प्रदेशबाट महिलासहित निर्वाचित हुने २१ जनाका लागि कर्णालीबाट जानकी शाह, कर्णबहादुर बुढा र दिनबन्धु श्रेष्ठले सदस्य पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

खसआर्य कोटाबाट ६ महिलासहित १३ जना निर्वाचित हुने सदस्य पदका लागि रामकृष्ण घिमिरे, खिलानाथ दाहाल, ईश्वरबहादुर मल्ल, कृष्णप्रसाद कोइराला, दिपेशप्रसाद भट्ट, अच्चुतप्रसाद गुरागाईं र जगतप्रसाद जोशीले उम्मेदवारी दर्ता गरेका छन् ।

अपांगता एक कोटाका लागि डेकराज भट्टराई, गोपालबहादुर देउवा र तिलप्रसाद सुब्बाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  २ : ०९ बजे

पाथीभरा तस्बिर पुस्तक विमोचन

फुङ्लिङ– ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा क्षेत्रसम्बन्धी तस्बिर पुस्तक विमोचन गरिएको छ

पूर्वसहमतिअनुसार नै गठबन्धन सरकारले काम गरिरहेको छ : उपप्रधानमन्त्री पौडेल

तानसेन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन

एमाले झापाद्वारा बिरुवा रोपण अभियान

झापा– पर्यावरण संरक्षण र फलफूलमा परनिर्भरता घटाउने उद्देश्यले नेपाल कम्युनिष्ट

शिविरमार्फत सेवा दिँदै वडा कार्यालय

अत्तरिया– डोटीको जोरायल गाउँपालिका–५ को कार्यालयले सहरमा बसेका नागरिकलाई शिविरमार्फत

माधव र झलनाथपछि एकीकृत समाजवादीको युवासंघमा भाँडभैलो, बन्यो समानान्तर कमिटी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता