सातदोबाटोको अपराजित यात्रामा पूर्णबिराम « Khabarhub

सातदोबाटोको अपराजित यात्रामा पूर्णबिराम


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विदेशी खेलाडी स्टेफन समिरको निर्णायक गोलमा न्युरोड टिम एनआरटीले सहिद स्मारक ‘ए’ डिभिजन लिग-२०७८ मा पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा एनआरटीले नव प्रवेशी सातदोबाटो युथ क्लबलाई १–० अन्तरले पराजित गरेको हो ।

मेसुके ओलोउमोउले मिलाएको पासलाई ४५ मिनेटमा समीरले सदुपयोग गर्दै बक्सभित्रबाट सहज गोल गरे ।  बाँकी समय दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

पहिलो जितपछि चार खेलबाट ५ अंक बनाउँदै एनआरटी सातौं स्थानमा उक्लिएको छ । यता, अपराजित यात्रामा पूर्ण बिराम लागेको सातदोबाटो चार खेलबाट ७ अंक बनाउँदै तेस्रो स्थानमा यथावत  छ ।

पराजित भएसँगै सातदोबाटो शीर्षस्थानमा उक्लन असफल भयो ।  चार खेबलाट १० अंक बनाएको मनाङ मर्स्याङ्दी क्लब शीर्षस्थानमा छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ३ : १९ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका