शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दर्ता गरे | Khabarhub Khabarhub

शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दर्ता गरे


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका लागि डा. शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान केन्द्रीय सदस्य रहेका कोइराला संस्थापन इतर समूहका उम्मेदवार हुन् । उनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

डा.शेखर नेपाली कांग्रेसका संस्थापक कोइराला परिवारका सदस्य हुन् । उनी नोना कोइरालाका छोरा हुन् । लामो समय चिकित्सक रहेका कोइराला शान्ति प्रक्रियामा तत्कालीन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले विश्वास गरेका पात्र हुन् । उनी त्यसपछि नै कांग्रेसको राजनीतिमा सक्रिया भएका थिए ।

कोइरालाले उपसभापति पदका लागि धनराज गुरुङ र चन्द्र भण्डारीलाई तयार गरेका छन् । यस्तै महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजालले उम्मेदवारी दिने तयारी भएको छ ।

सहमहामन्त्री देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त रामृष्ण यादव तेजुलाल चौधरी र वकिल मियाँ उम्मेदवार बन्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ४ : २१ बजे

ऊर्जामन्त्रीको महसुल उठाउने निर्णय सही भएको आयोगको ठहर

काठमाडौं – विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल

शरणार्थीको सुविधामा व्यापक कटौती गर्दै बेलायत

लण्डन – बेलायतले शरणार्थीको सुरक्षामा भारी कटौती गर्ने र शरण

आजदेखि एनपिएल : पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल मंसिर १ गते सोमबार। मंसिर