यस्तो बन्यो देउवाको प्यानल (नामावलीसहित) « Khabarhub

यस्तो बन्यो देउवाको प्यानल (नामावलीसहित)


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेरबहादुर देउवाले आफ्नो प्यानल तयार पारेका छन् । सो प्यानलबाट उपसभापतिमा पूर्णबहादुर खड्का र विजय कुमार गच्छदार उम्मेदवार बन्ने भएका छन् ।

देउवा सभापतिमा उम्मेदवारीका लागि राष्ट्रियसभा गृह प्रवेश गरेका छन् ।

उनको समूहबाट महामन्त्रीका उम्मेदवार डा प्रकाशशरण महत र प्रदीप पौडेल हुने भएका छन् । ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यका उम्मेदवार पनि टुंगो लगाइएको छ।

महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषाको नाम टुंगो लगाएको छ ।

यस्तै खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठोर बर्दिया, थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी बारा, मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर बारा र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही हुम्लालाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ४ : ३२ बजे

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित