कांग्रेस महाधिवेशन : ६ जना बने सभापतिको उम्मेदवार, मुख्यप्रतिस्पर्धा देउवा–कोइरालाबीच हुने « Khabarhub

कांग्रेस महाधिवेशन : ६ जना बने सभापतिको उम्मेदवार, मुख्यप्रतिस्पर्धा देउवा–कोइरालाबीच हुने


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, केन्द्रीय सदस्य कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दिएका छन् ।

अहिले पाँच बजेपछि उम्मेदवार दर्ताको समय सकिएको छ । निर्वाचन समितिले उम्मेदवारको पहिलो नामावली सार्वजनिक गरेको छ ।

सभापतिका लागि ६ जनाको उम्मेदवारी परेसँगै पहिलो चरणमै कांग्रेसले नेतृत्व पाउने सम्भावना कम बनेको छ । ४७४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्ने चुनावमा सभापतिमा विजयी हुन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले सो मत ल्याउन नसके सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुने व्यवस्था छ ।

६ जना उम्मेदवार भए पनि मुख्यप्रतिस्पर्धा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच हुने देखिएको छ । यी दुई उम्मेदवारबाहेक अरु उम्मेदवारले पूर्ण प्यानलसहित उम्मेदवारी दिएका छैनन् । त्यसैले पनि अरु उम्मेदवार भन्दा देउवा र कोइराला नै बलियो रहेको कांग्रेस नेताहरुले विश्लेषण गरेका छन् ।

१३ औँ महाधिवेशनपछि अस्तित्वमा रहेका देउवा र पौडेल समूहमै विभाजन भएको छ । देउवा समूहबाट विमलेन्द्र निधि पनि सभापतिको उम्मेदवार बनेका छन् भने पौडेल समूहबाट कोइराला र प्रकाशमान सिंह उम्मेदवार बनेका छन् ।

त्यसैले पनि कांग्रेसको सभापति को बन्छ भन्ने विषय अनुमान गर्न कठिन बनेको छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ५ : १६ बजे

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित