नेपाल र बंगलादेशले गोलरहित बराबरी खेल्दै अंक बाढे | Khabarhub Khabarhub

नेपाल र बंगलादेशले गोलरहित बराबरी खेल्दै अंक बाढे


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खेल भर दबाब खेपेको नेपालले यु–१९ महिला साफ फुटबलमा बंगलोदशसँग गोलरहित बराबरी खेल्दै अंक बाढेको छ ।

शनिबार बीएसएसएस मुस्ताफा कमल मैदानमा भएको आफ्नो पहिलो खेलमा नेपालले बराबरी खेल्दै अंक खोसेको हो ।

गोलरक्षक अञ्जना राना मगरको कप्तानीमा रहेको नेपाल पुरा समय आफ्नो बक्स वरिपरि नै रह्यो । सुधारिएको खेल प्रदर्शन गरेको बंगलादेशले नेपाललाई खेलमा पूर्ण रूपमा दबाबमा राखे पनि गोल भने गर्न सकेन ।

यस अघि सन् २०१८ मा भुटानमा भएको यु–१८ साफमा नेपाल फाइनल खेलमा बंगलादेशसँग १–० अन्तरले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

गत सिजन कोरोना महामारीबीच प्रतियोगिता हुन नसकेपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सोही उमेर समूहलाई उपयुक्त हुने गरी यसपटक यु–१९ साफ प्रतियोगिता आयोजना गरेको हो ।

आज नै भएको प्रतियोगिताको उद्घाटन खेलमा भुटानले श्रीलंकालाई ५–० अन्तरले पराजित गर्‍यो ।

सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान, भारत र श्रीलंका गरी ५ टोलीको सहभागिता छ ।

प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।

अब, नेपालले आफ्नो दोस्रो खेलमा मंगलबार श्रीलंकाको सामना गर्नेछ ।

बंगलादेशविरुद्ध नेपालको सुरुआती एघार

अञ्जना राना मगर, विमला वि क, सलोनी राना मगर, रोजिना श्रेष्ठ, मन्जु कुमारी खड्का, प्रीति राई, रजनी थोकर, रश्मी कुमारी घिसिङ, दीपा शाही, सविता राना मगर, मेनुका आले मगर ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १० : ३० बजे

आज २०८१ साल असार ४ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल असार ४ गते मंगलबार तदनुसार

पाँचथर बहुमुखी क्याम्पसको अध्यक्षमा शुभराज थापा निर्वाचित

काठमाडौं । पाँचथर बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा नेपाली कांग्रेसका

भिजिट भिसामा कडाइ, पाँच सय बढी विमानस्थलबाट फिर्ता

काठमाडौं – पछिल्लो समय भिजिट भिसामार्फत वैदेशिक रोजगारीका लागि विभिन्न

कङ्कालिनी भगवती मन्दिरभित्रै वैवाहिक धर्मशाला

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कङ्कालिनी भगवती मन्दिर

मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आँकलन

झापा – कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्वतयारी