नेपाल र बंगलादेशले गोलरहित बराबरी खेल्दै अंक बाढे « Khabarhub

नेपाल र बंगलादेशले गोलरहित बराबरी खेल्दै अंक बाढे


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खेल भर दबाब खेपेको नेपालले यु–१९ महिला साफ फुटबलमा बंगलोदशसँग गोलरहित बराबरी खेल्दै अंक बाढेको छ ।

शनिबार बीएसएसएस मुस्ताफा कमल मैदानमा भएको आफ्नो पहिलो खेलमा नेपालले बराबरी खेल्दै अंक खोसेको हो ।

गोलरक्षक अञ्जना राना मगरको कप्तानीमा रहेको नेपाल पुरा समय आफ्नो बक्स वरिपरि नै रह्यो । सुधारिएको खेल प्रदर्शन गरेको बंगलादेशले नेपाललाई खेलमा पूर्ण रूपमा दबाबमा राखे पनि गोल भने गर्न सकेन ।

यस अघि सन् २०१८ मा भुटानमा भएको यु–१८ साफमा नेपाल फाइनल खेलमा बंगलादेशसँग १–० अन्तरले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

गत सिजन कोरोना महामारीबीच प्रतियोगिता हुन नसकेपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सोही उमेर समूहलाई उपयुक्त हुने गरी यसपटक यु–१९ साफ प्रतियोगिता आयोजना गरेको हो ।

आज नै भएको प्रतियोगिताको उद्घाटन खेलमा भुटानले श्रीलंकालाई ५–० अन्तरले पराजित गर्‍यो ।

सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान, भारत र श्रीलंका गरी ५ टोलीको सहभागिता छ ।

प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।

अब, नेपालले आफ्नो दोस्रो खेलमा मंगलबार श्रीलंकाको सामना गर्नेछ ।

बंगलादेशविरुद्ध नेपालको सुरुआती एघार

अञ्जना राना मगर, विमला वि क, सलोनी राना मगर, रोजिना श्रेष्ठ, मन्जु कुमारी खड्का, प्रीति राई, रजनी थोकर, रश्मी कुमारी घिसिङ, दीपा शाही, सविता राना मगर, मेनुका आले मगर ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १० : ३० बजे

विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता असम्भव : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको

चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले गत आर्थिक वर्षमा चार

अदुवाले मूल्य पाएपछि खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा

हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडाका ४६ वर्षीय तोईबहादुर कटवालको हत्या

ग्यासमा कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकमा प्रहरी

काठमाडौँ – खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव र कालोबजारी