सिटी, लिभरपुल र चेल्सी विजयी हुँदै शीर्ष स्थानमा « Khabarhub

सिटी, लिभरपुल र चेल्सी विजयी हुँदै शीर्ष स्थानमा


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका फरक खेलमा शीर्ष टोली म्यानचेष्टर सिटी, लिभरपुल र चेल्सी विजयी भएका छन् ।

घरेलु मैदान इतिहास स्टेडियममा भएको खेलमा सिटीले १० खेलाडीमा सीमित उल्भ्सलाई १-० अन्तरले पराजित गरेको हो । सिटीका लागि खेलको ६६औँ मिनेटमा रहिम स्टर्लिङले पेनाल्टीमार्फत् विजयी गोल गरे ।

बाँकी समय दुबै टोलीले गोलको प्रयास गरेपनि सफल भएनन् । जितसँगै सिटी शीर्ष स्थानमा यथावत रह्यो । खेलको पहिलो हाफमा उल्भ्सका हाउल जिमिनेजले दोहोरो पहेँलो कार्ड ब्यहोर्दा उल्भ्स १० खेलाडीमा सीमित भएको थियो ।

शनिबार राति नै भएको अर्को खेलमा स्टार खेलाडी मोहम्मद सलाहको निर्णायक गोलमा लिभरपुलले एस्टन भिल्लालाई १-० अन्तरले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डरमा लिभरपुलललाई जिताउँन सलाहले ६७औँ मिनेटमा पेनाल्टीको साहारा लिएका थिए । बाँकी समय गोल नहुँदा स्टेभन जेरार्ड पूर्व क्लब लिभरपुलविरुद्ध जित निकाल्न असफल भए ।

अर्को रोमाञ्चक खेलमा चेल्सीले लिड्स युनाईटेडविरुद्ध कठिन जित पायो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले इन्जुरी समयमा जजिन्होले गरेको गोलसँगै ३-२ अन्तरको जित पायो ।

चेल्सीको जितमा जर्जिन्हो नायक रहे । उनले २ गोल गरे । खेलको २८ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै लिड्सका राफिन्हाले अग्रता बनाए । ४३ मिनेटमा चेल्सीका मासन माउण्टले गोल गर्दा पहिलो हाफ १–१ अन्तरको बराबरीमा समाप्त भयो ।

५८औँ मिनेटमा जर्जिन्होले गोल गर्दा चेल्सीले २-१ को अग्रता बनायो । ८३औँ मिनेटमा लिड्सका जो गल्हार्डटले गोल गर्दा खेल २-२ अवस्थामा रह्यो । जर्जिन्होले खेलको इन्जरी समयमा गोल गर्दा चेल्सीले तीन अंक जोडयो ।

जितसँगै १६ खेलबाट ३८ अंक बनाएको सिटी शीर्ष स्थानमा छ । ३७ अंकको लिभरपुल दोस्रो स्थानमा रहँदा ३६ अंकको चेल्सी तेस्रो स्थानमा यथावत छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ६ : ३६ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल