सिटी, लिभरपुल र चेल्सी विजयी हुँदै शीर्ष स्थानमा « Khabarhub

सिटी, लिभरपुल र चेल्सी विजयी हुँदै शीर्ष स्थानमा


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका फरक खेलमा शीर्ष टोली म्यानचेष्टर सिटी, लिभरपुल र चेल्सी विजयी भएका छन् ।

घरेलु मैदान इतिहास स्टेडियममा भएको खेलमा सिटीले १० खेलाडीमा सीमित उल्भ्सलाई १-० अन्तरले पराजित गरेको हो । सिटीका लागि खेलको ६६औँ मिनेटमा रहिम स्टर्लिङले पेनाल्टीमार्फत् विजयी गोल गरे ।

बाँकी समय दुबै टोलीले गोलको प्रयास गरेपनि सफल भएनन् । जितसँगै सिटी शीर्ष स्थानमा यथावत रह्यो । खेलको पहिलो हाफमा उल्भ्सका हाउल जिमिनेजले दोहोरो पहेँलो कार्ड ब्यहोर्दा उल्भ्स १० खेलाडीमा सीमित भएको थियो ।

शनिबार राति नै भएको अर्को खेलमा स्टार खेलाडी मोहम्मद सलाहको निर्णायक गोलमा लिभरपुलले एस्टन भिल्लालाई १-० अन्तरले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डरमा लिभरपुलललाई जिताउँन सलाहले ६७औँ मिनेटमा पेनाल्टीको साहारा लिएका थिए । बाँकी समय गोल नहुँदा स्टेभन जेरार्ड पूर्व क्लब लिभरपुलविरुद्ध जित निकाल्न असफल भए ।

अर्को रोमाञ्चक खेलमा चेल्सीले लिड्स युनाईटेडविरुद्ध कठिन जित पायो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले इन्जुरी समयमा जजिन्होले गरेको गोलसँगै ३-२ अन्तरको जित पायो ।

चेल्सीको जितमा जर्जिन्हो नायक रहे । उनले २ गोल गरे । खेलको २८ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै लिड्सका राफिन्हाले अग्रता बनाए । ४३ मिनेटमा चेल्सीका मासन माउण्टले गोल गर्दा पहिलो हाफ १–१ अन्तरको बराबरीमा समाप्त भयो ।

५८औँ मिनेटमा जर्जिन्होले गोल गर्दा चेल्सीले २-१ को अग्रता बनायो । ८३औँ मिनेटमा लिड्सका जो गल्हार्डटले गोल गर्दा खेल २-२ अवस्थामा रह्यो । जर्जिन्होले खेलको इन्जरी समयमा गोल गर्दा चेल्सीले तीन अंक जोडयो ।

जितसँगै १६ खेलबाट ३८ अंक बनाएको सिटी शीर्ष स्थानमा छ । ३७ अंकको लिभरपुल दोस्रो स्थानमा रहँदा ३६ अंकको चेल्सी तेस्रो स्थानमा यथावत छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ६ : ३६ बजे

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं-सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी ठहर

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना