राष्ट्रिय महिला कबडी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई « Khabarhub

राष्ट्रिय महिला कबडी प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – राष्ट्रिय महिला कबडी प्रतियोगिता २०७८ को उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ ।

धनुषाको बटेश्वर गाउँपालिकामा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमले आठ अङ्कका विरुद्ध ५४ अङ्क ल्याई लुम्बिनी प्रदेशमाथि भारी अङ्क अन्तरले विजयी भएको हो ।

प्रतियोगितामा बागमती प्रदेश र गण्डकी प्रदेशले तृतीय स्थान प्राप्त गरेका थिए । फाइन खेलमा प्रथम हुने टिमलाई रु एक लाख ५०५, द्वितीय हुनेलाई रु ५० हजार ५०५ र तृतीयलाई रु २५ हजार ५०५ नगद, शिल्ड, प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी प्रतियोगितामा बेस्ट रेडर र म्यान अफ दि म्याचको पुरस्कार सुदूपश्चिमकी खेलाडी सुनिता थापालाई र बेस्ट डिफेन्डरको पुरस्कार सुदूरपश्चिमकै खेलाडी निशा बोहरालाई प्रदान गरिएको छ ।

वटेश्वर गाउँपालिकाको संयोजन तथा शिवशक्ति युथ क्लब बटेश्वरको आयोजनामा यही मङ्सिर २३ गतेदेखि सुरु भएको प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेको प्रतियोगिता प्रचासप्रसार समितिका संयोजक मदन विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै