महामन्त्री पदका उम्मेदवार महतले सार्वजनिक गरे प्रतिबद्धता पत्र « Khabarhub

महामन्त्री पदका उम्मेदवार महतले सार्वजनिक गरे प्रतिबद्धता पत्र


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसमा महामन्त्री पदका उम्मेद्वार डा.प्रकाशशरण महतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

१४औँ महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका महतले आइतबार अवधारणा पत्र सार्वजनिक गर्दै ‘पार्टीलाई सबल, सुदृढ र ब्यवस्थित गर्दै कार्यकर्ता तथा नागरिकप्रति उत्तरदायी बनाउने उद्देश्य र प्रतिबद्धताका साथ महामन्त्रीको पदमा उम्मेदवार बन्ने निर्णय गरेको’ बताएका हुन् ।

कांग्रेसलाई नेपालको लोकतन्त्रको पर्यायको रुपमा स्थापित गर्दै सबल बनाएर आमनागरिकको आर्थिक समुन्नतिको सारथी बनाउने संकल्प उनले लिएका छन् ।

कांग्रेसको मार्गनिर्देशक लोकतान्त्रिक समाजवादको समयानुकूल ब्याख्या गरी सामाजिक न्यायलाई उच्च प्राथमिकता दिँदै समुन्नत र समतामूलक समाज स्थापना गर्ने नीति, रणनीति र कार्यक्रम तय गरिने उनले बताएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १० : ४५ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा