‘ए’ डिभिजन लिगमा आज एपीएफ र थ्री स्टार भिड्दै « Khabarhub

‘ए’ डिभिजन लिगमा आज एपीएफ र थ्री स्टार भिड्दै


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एपीएफ फुटबल क्लबले थ्री स्टार क्लबको सामना गर्दै छ ।

आज आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा थ्री स्टार र एपीएफ क्लबबीच पौने ५ बजे प्रतिस्पर्धा सुरू हुनेछ ।

एपीएफ थ्री स्टारलाई हराएर पहिलो अंक जोड्न चाहन्छ । एपीएफले तीन खेल खेल्दा अंक जोड्न सकेको छैन । जारी लिगमा एपीएफ पुछारमा छ ।

एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३-२ गोल अन्तरले पराजित भएको थियो दोस्रो खेलमा च्यासल युथसँग १-० ले तथा तेस्रो खेलमा सातदोबाटोसँग ४-१ ले पराजित भएको थियो ।

थ्री स्टार भने दोस्रो जितको खोजीमा हुनेछ । एपीएफलाई हराएर थ्री स्टार शीर्ष पाँचमा उक्लन चाहन्छ । थ्री स्टार तीन खेलमा चार अंक जोडेर आठौं स्थानमा छ ।

थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो । दोस्रो खेलमा थ्री स्टार सातदोबाटो युथसँग १-० ले पराजित हुँदा तेस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । जारी लिगमा मछिन्द्र शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ११ : १६ बजे

भरतपुरस्थित क्यान्सर अस्पताललाई चीनबाट सवारीसाधन सहयोग

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका

पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै

कास्की– कास्कीको पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ

कोपा डेल रे : बार्सिलोनाको सहज जित

काठमाडौं – स्पेनिस कप प्रतियोगिता कोपा डेल रेमा बार्सिलोनाले सहज