शेयर बजार साम्राज्यवादको विकसित रुप : प्रचण्ड | Khabarhub Khabarhub

शेयर बजार साम्राज्यवादको विकसित रुप : प्रचण्ड


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनको एक महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजार साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका छन् । उनले शेयर बजारमा लगानी हुनु गलत भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशनको उद्घाटन गर्दै प्रचण्डले शनिबार शेयरबजारबारे टिप्पणी गरेका हुन् । पछिल्ला दिनहरुमा शेयर बजार लगातार ओरालो लागिरहेको छ । बजार ओरालो लगेपछि लगानीकर्ताहरुले शेयर बजार विरोधीलाई नो भोट अभियान घोषणा गरेका छन् । प्रचण्डको शेयर बजारप्रतिको टिप्पणीले शेयर बजारमा नकरात्मक प्रभाव पार्ने जोखिम बढेको छ ।

प्रचण्डले भनेका छन्, ‘पहिला–पहिला पुँजीको लगानी उद्योगमा, उत्पादनमा लगानी हुन्थ्यो, त्यहाँबाट आउने नाफा पुँजीपतिहरुले लिन्थे, आजभोलि पुँजीको लगानी उत्पादनमा हुँदैन, मूख्यतया पुँजीको लगानी पुँजीमै हुन्छ ।’ उनले भने ‘पुँजीको लगानी पुँजीमै हुने वित्तीय पुँजीबादको विशेषयता भएर देखा परेको भन्दै धितोपत्र, सट्टा बजार, आईएमएफ, विश्व बैंक र एसियाली बैंकहरु हेर्दा बैंक भए पनि विषय त्यति सजिलो नभएको टिप्पणी गरे।

उनले यो साम्राज्यवादको विकसित रुप र वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाउने र नाफा संसारका केही सिमित पुँजीपतिको हातमा संसारकै धन हात पार्ने र विश्वका ८० प्रतिशत नागरिकलाई भोको नाङ्गो राख्ने प्रणाली भएको जिकिर गरे।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ५ : २९ बजे

‘अन्धकारको अन्त्य गर्दै नेपालको उज्यालो भविष्य निर्माणमा एकजुट होऔं’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा

नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन, तिहार बिदामा पनि काम गर्ने

काठमाडौं – पारिश्रमिकका लागि संघर्षरत नर्सको समस्याको सम्बोधन गर्न सातवटै

तिहारमा आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौं – तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज साँझ धन धान्यकी देवी लक्ष्मीको पूजा

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य,