मेयर शाक्यद्वारा मदन भण्डारी कलेजको भवन शिलान्यास « Khabarhub

मेयर शाक्यद्वारा मदन भण्डारी कलेजको भवन शिलान्यास


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको सहयोगमा अनामनगरमा निर्माण हुने मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका छन्।

दुई दशक अघि जननेता मदनकुमार भण्डारीको नाममा स्थापित र मदन भण्डारी फाउण्डेशनद्वारा सञ्चालित सो सामुदायिक कलेजमा करीब रु नौ करोडको लागतमा नयाँ चारतल्ले भवन बन्न लागेको हो । हाल महानगरले रु पाँच करोड सहयोग गरेको छ ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारी, सचिव पेम्बा लामा, बागमती प्रदेशका सदस्य दीपक निरौलालगायत सहभागी थिए ।

कलेजका प्रमुख डम्बरबहादुर हमालका अनुसार कलेजमा विज्ञान, पत्रकारिता, सूचना प्रविधि, अङ्ग्रेजीलगायत विषयमा कक्षा ११ देखि स्नातकोत्तरसम्म गरी हाल एक हजार ५०० विद्यार्थी छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ९ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै